Friday, April 21, 2017

गृहमन्त्रीले यसरी गरे ससदको अपमान

९ वैशाख, काठमाडौं । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आइरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गरेका छन् । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु, सत्तापक्ष, प्रतिपक्ष दलका सांसद् बस्नुपर्ने नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठक अनौठो शैलीमा भाग लिए ।

एमालेले सांसद् सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि जवाफ दिन निधि संसद् पुगेका थिए ।

सांसदहरुले शून्य समयमा बोल्ने क्रम सकिएपछि सभामुख ओनसरी घर्तीमगरले गृहमन्त्रीले बोल्नका लागि समय मागेको भन्दै निधिलाई रोस्टममा बोलाइन् । बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई समय दिएको भन्दै सांसदहरु सभामुख आसन र सरकारका लागि छुट्याइएको कुर्सीतिर हेराहेर गर्न थाले । त्यहीबीच गृहमन्त्री निधि मूलढोकाबाट फटाफट बैठकमा प्रवेश गरी सीधै रोस्टममा पुगे । र, निर्वाचनका लागि सुरक्षालगायत एमालेले उठाएको घटनाको जवाफ दिएको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

जवाफ सकिएपछि गृहमन्त्री निधि मन्त्रीलाई तोकेको स्थानमा नबसी सिधै बाहिरिएपछि सांसद्हरु मुखामुख गर्न थाले । ‘संसद्मा उपस्थित नै नभएको अवस्थामा गृहमन्त्रीलाई किन सभामुखले समय दिनुभयो भन्ने हामीलाई लागेको थियो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संसदमा आजसम्म कहिल्यै नभएको शैली अपनाउनुभयो ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment