Thursday, April 27, 2017

मोर्चाले सरकारसँग वैशाख १० गतेको सम्झौता अनुसार चुनाबमा भारतीय नागरिकले भोट दिन पाउने !

काठमाडौं – नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन्। मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौताको हावाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन्।

भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज१८को अनलाइनले जनाएको हो। मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो।

सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ।

संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ। मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ।

स्रोत:नागरिकन्युजबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment