Tuesday, April 11, 2017

NTC New Year 2074 Offer

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा रिचार्ज बोनससहितका विभिन्न अफरहरु ल्याएको छ।

नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याइएको टेलिकमले जनाएको छ।

रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्ड मार्फत १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्।


त्यस्तै ५ सय र १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ। यसको भ्यालिडिटी तीन दिनको हुनेछ। यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ।

डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ।

अल टाइम डाटा प्याकेज अन्तर्गत कर सहित १ सय, २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटी सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४ सय, साढे ८ सय एमबी र १५ सयको एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ।

त्यस्तै नाइट डाटा प्याकेज अन्तर्गत कर सहित २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटी सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ। यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबि ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ।

कसरी लिने डाटा प्याकेज?
अल टाइम डाटा प्याकेज सेवा लिनका लागि डिएटिए टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ। नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न एनआईजीएचटी टाइप गरी आफूलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ।

नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० गतेदेखि २०७४ वैशाख २८ गतेसम्म लागू हुने गरी करसहित २५ रुपैयाँमा सात दिनको भ्यालिडिटी सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ।

नाइट भ्वाइस प्याक सेवा लिनका लागि एनआइजीएचटीभीओआईसीई टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment