Tuesday, May 9, 2017

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीले गोली चलायो

रुकुम, २६ वैशाख । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरमा झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।

झडपमा परी दुवै तर्फका केही कार्यकर्ता सामान्य घाइते भएका छन् । झडपले उग्र रुप लिन थालेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

चुनाव प्रचार कार्यक्रममा जाने क्रममा कांग्रेसका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रतिकार गरेको माओवादीले बतायो ।

स्थानिय चुनाव २०७४ को विषयलार्इ लिएर देशका विभिन्न ठाउँहरुमा झडपको क्रम जारी रहेकाे छ । हिजोमात्रै एमालेको चुनावी अामसभामा कांग्रेस कार्यकताले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । चुनाव नजिकिदै जाँदा यस्ता हिंस्रक घटनामा वृद्धि हुन थालेकाे छ ।

केही दिन अगाडीदेखि घटेका घटनालार्इ हामीले यहाँ राखेका छौं ।

कांग्रेस–एमालेका कार्यकर्ताबीच झडप, उम्मेदवारको गाडीमा आगजनी

नुवाकोट, २३ वैशाख । नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु-याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।

शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा कांग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

दार्खा(धादिङ)–थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ ।

बिहान १ः३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो । नेकपा(एमाले)का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो ।

मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ ।

कालिकोटमा विप्लव नेतृत्वको नेकपा र प्रहरीबिच झडप, दुई प्रहरी घाइते, प्रहरीको बन्दुक भाँच्चियो

कालिकोट, वैशाख २२ – स्थानीय तहको चुनावको नजिकिँदै जाँदा कालिकोटको रास्कोट नगरपालिका–७ फुकोट पुच्छे गाउँमा विप्लव नेतृत्वको नेकपा र प्रहरीबिच झडप भएको छ ।

झडपमा दुई प्रहरी र एक स्थानीयबासिन्दा घाइते भएका छन् । प्रहरीले बोकेको एक वटा राइफल भाँच्चिएको छ । झडपपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

अहिले त्यस ठाउँमा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको छ । झडपको क्रममा दुई महिलाको गहना हराएको प्रत्यक्षदर्शी कालिवहादुर महताराले बताउनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment