उनले उपचार गरेका २५ विरामीमध्ये २३ विरामीको सफल रुपमा उपचार गरे । नेपालमा मात्र होइन, भारतमा पनि उनले क्यान्सरलगायत कोमामा पुगेका विरामीको पनि चमत्कारिक रुपमा उपचार गरेर ब्यूँताए । उनले परम्परागत कल्पसनद पद्धतीबाट लिवियाका सेना प्रमुखको छोराको बंशानुगत रोगको उपचार गरे । भारतीय काउन्सिलरले नै कमलराज जोशीमार्फत उपचार गरिने भनेर भिसा दिएको थियो । अहिले संसारमा नै उपचार नभएको ड्युचिनी मस्कुलर डिस्टोर्फी (डीएमडी) को उपचार गरिरहेका छन् । गत बैशाखमा सुरु भएको उपचार विनासकारी महाभूकम्पका कारण ८ महिना रोकिन पुग्यो । उनले अहिले त्यही उपचारलाई भक्तपुर साँगास्थित हिलटेक रिसोर्टमा पुनः सुरु गरेका छन् । परम्परागत पद्धतीबाट अप्रत्यासित र चमत्कारिक उपचार गर्दै आएका जोशीसंग गरिएको कुराकानी :
कल्पसनद कस्तो पद्धती हो ? कल्पसनद परम्परागत र नेपालको मौलिक पद्धती हो । आयुर्वेदिक नेपाल र भारतको एउटै भए पनि हामीभन्दा भारतीय धेरै अगाडि छन् । तर कल्पसनद पद्धतीमा हामी अगाडि छौं । अंगिसर ऋषिले प्रतिपादन गरेको यो पद्धतीलाई अंगिसर सिद्धान्त पनि भनिन्छ । यो पद्धतीले अहिलेका बैज्ञानिक पद्धतीले काम गर्न सकेको छैन । यही पद्धतीलाई संसारमा चिनाउन हामीले काम गरिरहेका छौं ।
कल्पसनद पद्धतीले कस्ता रोग ठीक पार्छ ? कल्पसनद पद्धतीले टक्सिन रोगहरु निको पार्छ । खासगरी वंशानुगत विष रोगहरु यस पद्धतीबाट उपचार गरिन्छ । यी रोगको उपचारका लागि “वृचितौ जङ्गिड भवेत” सिद्धान्त लागू गरिएको हुन्छ । यसमा औषधिहरु शरीरमा लगाउने र खाने दुवै गरिन्छ । शरीरमा औषधि लगाएपछि शरीरभित्र रहेका विकारहरुलाई बाहिर फाल्छ । पञ्चमहाभूतको सिद्धान्त योग, वियोग र सापेक्षताको नियमले कल्पसनद उपचार पद्धतीमा औषधिले काम गर्छ ।
डीएमडी रोगको उपचार पनि सुरु गर्नुभएको छ, होइन ? अहिले हामीले भक्तपुरको साँगामा डीएमडी रोगको शिविर राखेका छौं । शिविरमा १० बर्षका दुई बालकको उपचार भइरहेको छ । राष्टिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सञ्चार माध्यमलाई आमन्त्रण गरेर डीएमडी रोगको उपचार सुरु गरेका छौं । नेपालका बरिष्ठ चिकित्सकहरुले नियमित रुपमा विरामीको जाँच गरिराख्नु भएको छ । व्यवस्थापिका संससदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिले कीर्तिपुरमा रहेको चीन सरकारले निर्माण गरिदिएको आर्युवेद अनुसन्धान भवन हामीलाई दिन सरकारलाई निर्देशन दिएको छ । कीर्तिपुरको भवन सरकारले उपलब्ध गराएपछि डीएमडीलगायत क्यान्सर रोगको समेत उपचार पनि सुरु गर्नेछौं ।
हरेक प्रकारका क्यान्सर ठीक हुन्छ ? अहिलेसम्म उपचार गरेका सबै किसिमका क्यान्सर ठीक भएको छ । नेपाल र भारत सरकारले दिएका विरामी हामीले ठीक गरेका छौं । यो रेकर्ड हामीसंग छ । क्यान्सर मुख्यतः विष रोग हो । विष रोग ७ किसिमका छन् । पहिले त्यो कुन विष हो भनेर पत्ता लगाउनु पर्छ । विष पत्ता लागेपछि त्यो विषलाई कुन औषधिले ठीक पार्छ त्यो औषधि दिनुपर्छ ।
औषधिहरु चाहिँ कहाँबाट संकलन गर्नुहुन्छ ? सबै परम्परागत औषधिको प्रयोग भइरहेको छ । यी औषधि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संकलन गरिन्छ । केही हिउँदमा संकलन गर्नुपर्ने औषधि छ भने केही बर्षायाममा संकलन गर्नुपर्छ । नेपालका पहाड, हिमाल र तराई क्षेत्रमा जडिबुटी संकलन गरी मिश्रण गरेर प्रयोग गरिरहेको छ । एउटा टोलीले जडिबुटी संकलन गरिरहेको छ भने अरु बैद्यहरुले साँगामा डीएमडीको उपचार गरिरहेका छन् । यस बाहेक नेपालबाट संकलन गरेर पठाएको जडिबुटीबाट भारतमा औषधि निर्माण भइरहेको छ । त्यहाँ तयार भएका औषधिलाई एउटा ब्राण्ड दिएर नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएका छौं ।
० क्यान्सरको उपचारका लागि र डीएमडीका लागि कति खर्च लाग्छ ? अहिले हामी सिष्टममा चलिसकेका छैनौं । एउटा औषधि लिन पनि पहाडी जिल्लामा पुग्नुपर्ने बाध्यता छ । उसलाई व्यवसायिक बनाउन सकेमा निकै सस्तोमा क्यान्सरको उपचार हुन सक्छ । सामान्यतया एउटा विरामीका लागि ४–५ लाख रुपैयाँ लाग्छ । तर डीएमडीको उपचार अलि महंगो छ । औषधिहरु धेरै लाग्छ । यसका लागि करिव १०–१५ लाख रुपैयाँ खर्च लाग्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment