Tuesday, May 9, 2017

दुई मिनेट लाग्छ बिबाहित जोडीले अवस्य पढ्नुहोला !

हाम्रो नियति नै यस्तो छ बिवाह बन्धनमा बाँधिएकै दिन रहरले होइन कहरले विदेश हिड्नु पर्छ ! तरकारी फलफुल फलाउने करेसावारी सहितको सानो ओत लाग्ने घर लालाबाला र बुढीलाई वर्षको दुई सरो लुगा, चाडवाडमा माछा मासु र बिरामी पर्दा औषधि मुलो पाउन भन्ने सबैको कामना हुन्छ !

सुखी र सानो परिवार बालबच्चाको राम्रो पढाई लेखाई बुढाबुढी बिचको विस्वस्नियता यस्तै यस्तैमा एउटा सफल परिवार चलोस भन्ने चाहना पनि हुन्छ ! नेपाली महिला जो विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर जानुहुन्छ । उहाँहरू लाई अनुरोध छ श्रीमान बिदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरीलाई बोडिंग नहाल्नु होला । कानमा टप, मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नु होला मोही र गाबाको तरकालीलाई बंग्याएर मासु, हुस्कि र वियरमा मन नडुलाउनुहोला ।

गाउँका घरछोडेर बजारको महँगो कोठा भाडा तिरेर बस्न नखोज्नुहोला किनकी तपाइको विदेशमा रातदिन मृत्युसँग लडिरहेको छ । जो कि कतिखेर के हुन्छ र बाकसका पेकिङ्ग हुनुपर्ने हो कुनै ग्यारेन्टी छैन । तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन । साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् ।

र त्यो श्रीमान जस्कि श्रीमती हरेक महिना आफ्नो श्रीमानको लागि भन्दै वर्त बस्छे र पुजा गर्छे उस्को मन पनि नदुखाउनु होला ! कतै विदेशी हुस्किको तालमा आफुलाई सुख दुखमा साथ दिने जीवन संगिनीलाई भुलेर अर्कै तरुनी सँग रमाउदै त हुनुहुन्न ? एकपटक सफा दिलले सोच्नुहोस त तपाइकी श्रीमतीको फोन दुई मीनेट व्यस्त हुदाँ तपाइँको दिमागले कति नराम्रो कुराहरु सोच्छ ?  पढेर मनपरे सेयर गर्नुहोला !

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment