Saturday, May 27, 2017

वियर पिउँदा हुने १० फाइदा

काठमाडौं । तपाई वियर कत्तिको पिउनुहुन्छ ? यदि वियर पिउनुहुन्छ भने तपाईलाई फाइदा गर्छ । यदि पिउनु

हुन्न भनेपनि तपाइँलाई वियर खाँदा यति धरै फाइदा छन् भन्ने थाहा पाउँदा आश्चर्य लाग्न सक्छ । विश्वभर पिइने

वियरका बारेमा अमेरिकामा हालै गरिएको एक अध्ययनले वियर विउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा

नखानेको तुलनामा निक्कै कम हुन्छ ।वियर पिउँदा हुने १० फाइदा :

 १ थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने

कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको

छ ।

२ वियर दुध वा जुस जत्तिकै प्राकृतिक हो । यसमा कुनै अप्राकृतिक तत्व हुँदैन । यसमा अल्कोहल र होप्स हुन्छ ।
यी दुवै प्राकृतिक हुन् । जसरी पाउरोटी बन्छ त्यसरी नै बन्छ वियर पनि ।

३ वियरमा फाइवरको मात्रा बढी हुन्छ । जसले तपाइँको पेटलाई स्वस्थ राख्छ । शरीरमा हुने कुनै पनि प्रकारको

समस्यालाई समेत वियरले समाधान गरिदिन्छ । कठोर परिश्रम गर्नु अघि केही मात्रामा वियर पिउँदा यसले शक्ति

प्रदान समेत गर्छ ।

४ वियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । अमेरिकाको खाद्य विभागले समेत वियरलाई

पानीको विकल्पकोरुपमा स्वीकार गरेको छ । दिनमा एउटा वियर पिउँदा पानीको मात्रा ह्वात्तै बढ्छ ।

५ वियरले तपाइँलाई चिन्ता मु्क्त बनाउँछ । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हुँदा तपाइँलाई हलुका

महसुस हुन्छ । साथीसँग बसेर वियर पिएपछि तपाइँले फ्रेस महसुस गर्ने कारण पनि यही हो ।

६ वियरमा भिटामिन बी हुन्छ । भिटामिन बी र फोलिक एसिडले मुटुजन्य रोग र हृदयघातको खतरा समेत कम

गर्छ ।

७ वियर बनाउने प्रक्रिया निक्कै प्रभावकारी छ । यसको प्याकिङ पनि सुरक्षित हुन्छ । यसको प्रशोधनको

प्रक्रियाका कारण यो सुरक्षित खाद्य मध्ये एक हो । वियरलाई पानी भन्दा पनि सुरक्षित पेय मानिएको छ ।

८ भिटामिन खानु भन्दा वियर पिउनु उपयुक्त हुने हालै गरिएको एक अध्यनले देखाएको छ । वियरले मुटुको रोग

र हृदयघातको खतरा २४ दशमलव ७ प्रतिशतले कम हुन्छ ।

९ वियर र स्वास्थ्यबीच सम्बन्ध छ । वियरमा पाइने एक्‍थोह्यूमल भनिने तत्वले शरीरमा क्यान्सरसँग लड्ने क्षमता

वृद्धी गर्छ । जर्मनीमा क्यान्सरबाट बँच्न मानिसहरु वियर पिउँछन् ।

१० युनिभर्सिटी अफ लण्डन कलेजमा गत वर्ष गरिएको एक अध्यनले वियर खाँदा मोटो पन बढ्ने भन्ने मान्यता

गलत भएको देखाएको छ । वियरले शरीरमा पाचन शक्ति भने बढाइदिन्छ । जसले भोक बढ्ने समस्या भने हुने

शोधकर्ताहरुको भनाइ छ । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment