Wednesday, May 10, 2017

राजधानी सुनसान, निर्वाचनका लागि दैनिक ८० हजार यात्रु बाहिरिँदै

काठमाण्डु, २७ वैशाख – स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाण्डु उपत्यकाबाट बाहिर जानेको सङ्ख्यामा वृद्धि भएको छ । करिब दुई दशकपछि यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाण्डु छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार अरु समयको तुलनामा दैनिक पाँचदेखि सात हजार मानिस बाहिरिएका छन् । उनले भने, ‘अरु समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्थे भने दुई तीन दिनदेखि ७५ देखि ८० हजार सङ्ख्यामा बाहिरिएका छन् ।’

दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४ जिल्लाको २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । महाशाखाले थानकोट, शिवपुरी, जगाती, दक्षिणकाली नाकाबाट बढी मात्रामा यात्रु बाहिरिएको जनाएको छ । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment