Wednesday, May 10, 2017

यसरी रुखमा भोट हाल्नेछन प्रचण्डले….

काठमाडौ :आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख चिन्हमा मतदान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री समेत रहनु भएका दाहालले बैशाख ३१ गते चितवनको भरतपुर महानरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माद्यामिक बिद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर रुख चिन्हमा मतदान गर्दै हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकभरका कार्यकर्तालाई गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा मतदान गरी आफनो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गर्दै आउनु भएको छ । भरतपुरमहानगरपालिकाको मेयर पदकी प्रत्यासी रेणु दाहाल अध्यक्ष प्रचण्डकी छोरी हुनुहुन्छ । रेणुको पक्षमा मतदान गर्न जाँदा अध्यक्ष प्रचण्डले रुख चिन्हमा मतदान गर्दै हुनुहुन्छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा कार्यान्वयनका लागि पठाएको पत्रमा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र वीच समझदारी भए अनुसार भरतपुर महानरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई काँग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा काँग्रेसकी प्रत्यासी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गरी निर्वाचनमा तालमेल गर्ने निर्णय भएको जानकारी गराउनु भएको छ ।

सोही तालमेलका आधारमा अध्यक्ष प्रचण्डसहित भरतपुरमहानगरपालिकामा रहेका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले उपमेयर पदकी प्रत्यासी पार्वती शाहलाई जिताउन रुख चिन्हमा मतदान गर्दै हुनुहुन्छ भने काँग्रेसका नेता तथा कार्यकर्ताले मेयर पदकी प्रत्यासी रेणु दाहाललाई जिताउन माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्दै हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा १८ र दफा २३ को उपदफा ५ बमोजिम काँग्रेसका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका प्रत्यासी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिने निर्णय भएको र सोही अनुसार कार्यान्वयन गराउन देउवाले निर्वाचन अधिकृतको कार्यालय चितवनलाई अनुरोध गर्नु भएको छ ।

भरतपुर महानगरपालिकामा माओवादी नेतृ रेणु र काँग्रेस नेतृ पार्वती मतदाता समक्ष पुगेर संयुक्त रुपमा भोट मागिरहनु भएको छ । मेयर र उपमेयर मध्ये एक जना महिला हुनै पर्ने सम्बैधानिक व्यवस्था भएपनि भरतपुर महानगरपालिकामा काँग्रेस र माओवादीको तालमेल अनुसार मतदान भएको अवस्थामा मेयर र उपमेयर दुवै महिला नेतृ हुनेछन । अन्नपुर्ण पोष्ट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment