मंगलबार पूर्व मन्त्री खड्का र नेता विशाल खड्काकै नेतृत्वमा माओबादी कार्यकर्ता दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुमा अन्दाधुन्दा गोली प्रहार गर्दै एमाले नेता कार्यकर्ता माथी जाईलागेका थिए । उनीहरुको आक्रमणबाट गौरीशंकर गाउँपालिका वडा नं १ मा नेकपा एमालेबाट वडा सदस्यको उम्मेद्वार बनेको गोरे तामाङका ३३ बर्षिय छोरा कुलबहादुर तामाङको ज्यान गएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । अस्पताल पुर्याउदै गर्दा उनको ज्यान गएको दोलखा प्रहरीले जानकारी दिएको छ ।
यसैगरी उनीहरुकै आक्रमणबाट नेकपा एमाले गौरिशंकर गाऊँपालिका वडा नं १ पार्टी कमिटीका अध्यक्ष बद्री बुढाथोकीका बाबु दिलबहादुर बुढाथोकी गम्भिर घाईते भएका छन् । उनको अवस्था गम्भिर छ । घाईतेको बुढाथोकीको अवस्था गम्भिर रहेकाले राति नै उपचारका लागि काठमाडौ पठाइएको छ त्यही रहनुभएका प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
देवी खड्का नेकपा माओवादी केन्द्रकी केन्द्रीय नेतृ तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् । विशाल खड्कापनि केन्द्रीय स्तरका नेता हुन् । उनीहरु कार्यकर्तासहित जुँगु पुगेर एमाले नेताकार्यकर्तालाई छेकिछेकी प्रहार गरेको स्थानीयको दावी छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment