Sunday, April 23, 2017

राप्रपाले पनि जिल्ल्यायो रेखा थापालाई !

काठमाडौं, १० वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा राजराम श्रेष्ठ निर्विरोध सिफारिस गरेको छ । उपमेयरमा सोनाम शाक्य, रेश्मा शाह, सुधा जोशी गंगा विक र कुन्तीदेवी पोखरेललाई सिफारिस गरेको छ ।

यसअघि राप्रपाबाट काठमाडौंको उपमेयरको उमेदवारमा चर्चामा रहेकी नायिका रेखा थापाको नाम भने सिफारिस भएको छैन ।

यसअघि दोस्रो संविधान सभा निर्वाचनमा पनि रेखा माओवादीका तर्फबाट उमेदवार हुने चर्चा चलेको थियो । तर उनको मतदाता नामावलीमा नाम नभएका कारण उमेदवार बन्नबाट बञ्चित भएकी थिइन् । तर, यसपटक उनको काठमाडौंबाट मतदाता नामावलीमा नाम भएपनि उमेदवार बन्न पाइनन् ।

राप्रपाले उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रिया बनाएको छ । उसले उम्मेदवारको कार्य क्षमता, दक्षता र पार्टीप्रतिनिको निष्टा, जनसमर्थन लगायतलाई मूल्यांकन गरिने जनाएको छ ।

राप्रपाले आफू कमजोर रहेको आकलन गरेको क्षेत्रमा अन्यदलसँग तालमेल गर्ने अधिकार जिल्लालाई दिएको भएपनि अहिलेसम्म तालमेलको टुंगो लागेको छैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment