Sunday, April 23, 2017

दुई चरणमा निर्वाचन : कुन जिल्लामा कहिले हुँदैछ चुनाव (हेर्नुस् सूची)

काठमाडौं : सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै स्थानीय निर्वाचनमा असन्तुष्ट पक्ष सहभागी हुने करिव निश्चित भएको छ। असन्तुष्ट पक्ष समेत निर्वाचनमा सहभागी हुँदा निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ।

सरकार र मधेसी मोर्चाको सहमति अनुसार पूर्व घोषित वैशाख ३१ गते तीनवटा प्रदेशमा चुनाव हुनेछ। जसमा प्रदेश ३, ४ र ६ रहेका छन्।

असन्तुष्ट दलहरुको संगठनात्मक संरचना कमजोर र संगठन नै नभएका स्थानमा वैशाख ३१ मा नै चुनाव गर्ने सहमति भएको हो। अन्य चार प्रदेशमा जेठ ३१ मा निर्वाचन हुनेछ। जसमा प्रदेश १, २, ५ र ७ रहेका छन्।

जिल्लागत रुपमा नवलपरासीमा एकैपटक निर्वाचन नहुँने भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको भूभाग प्रदेश ४ मा छ। जसमा वैशाख ३१ गते निर्वाचन हुनेछ। प्रदेश ५ मा रहेको बर्दघाट सुस्तापश्चिममा जेठ ३१ गते चुनाव हुनेछ।

यस्तै प्रदेश ६ मा रहेको रुकुमको पश्चिम भागमा वैशाख ३१ र प्रदेश ५ मा रहेको पूर्वी भागमा जेठ ३१ मा निर्वाचन हुनेछ।

यसअघि प्रदेश २ मा मात्र दोस्रो चरणमा निर्वाचन गर्ने अनुमान गरिए पनि मधेशी दलको संगठनात्मक संरचना बलियो भएको सवै क्षेत्रका प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने गरी सरकार र मोर्चाबीच सहमति भएको हो।

वैशाख ३१ गते चुनाव हुने

प्रदेश ३
दोलखा
रामेछाप
सिन्धुली
काभ्रेपलाञ्चोक
सिन्धुपाल्चोक
रसुवा
नुवाकोट
धादिङ
चितवन
मकवानपुर
भक्तपुर
ललितपुर
काठमाडौं

प्रदेश ४
गोरखा
लमजुङ
तनहुँ
कास्की
मनाङ
मुस्ताङ
पर्वत
स्याङजा
म्याग्दी
बाग्लुङ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व )

प्रदेश ६
रुकुम (पश्चिम भाग)
सल्यान
डोल्पा
जुम्ला
मुगु
हुम्ला
कालिकोट
जाजरकोट
दैलेख
सुर्खेत

जेठ ३१ मा चुनाव हुने

प्रदेश १
ताप्लेजुङ
पाँचथर
इलाम
संखुवासभा
तेह्रथुम
धनकुटा
भोजपुर
खोटाङ
सोलुखुम्बु
ओखलढुंगा
उदयपुर
झापा
मोरङ
सुनसरी

प्रदेश २
सप्तरी
सिराहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा

प्रदेश ५
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
रूपन्देही
कपिलबस्तु
पाल्पा
अर्घाखाँची
गुल्मी
रुकुम (पूर्वी भाग)
रोल्पा
प्यूठान
दाङ
बाँके
बर्दिया

प्रदेश ७
बाजुरा
बझाङ
डोटी
अछाम
दार्चुला
बैतडी
डडेल्धुरा
कञ्चनपुर
कैलाली

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment