Tuesday, April 25, 2017

आफुसँगै आएका मान्छे राजा बिरेन्द्र भनेर चिनेपछि गरिब किसान बेहोश भएर खेतमै लडे

राजाको सुदुरपश्चिमान्चल सवारी भ्रमणमा पदाधिकारी सर्बज्ञराज पण्डितज्युका साथैँ म पनि थिएँ। सुर्खेतमा मुकाम थियो। २०३४ साल माघ २७ गते बाजुरामा बिहानको कार्यक्रम सक्कियो ।त्यसपछि अछामको खानेपानी उद्घघाटन भयो। हामिले त्यहाँ देवीको दर्शन गर्यौ।

वनको मागमा पर्ने एकान्त चउर र तलाउ भएको ठाउँमा दिउसोको खाना खाने कार्यक्रम थियो। अघिल्लो दिन निरिक्षणमा गएका सुरक्षाकर्मीले ठाउँ ठिक ठहर्यायाई कार्यक्रम बनाएकोमा राती बेसरी हिउँ परेछ।

त्यो कुरा हामिले बाजुरामै देखेर थाहा पाएका थियौँ।

खाना खाने ठाउँमा जानलाग्दा त त्यस चउर र ताल सेतै हिउँले एउटै भएको रहेछ। पाइलटले हेलिकप्टरमा कुरा गरी त्यहाँको सट्टा खप्तडको लेकको चउरमा हेलिकप्टर ओराल्ने भए। त्यसै गरी हामी सो चउरमा उत्र्यौ।

बनको बिचमा एकान्त थियो तर घाँस-पात र दाउराका लागी गएका र गाई चराउनेहरु तीनओटा हेलिकप्टर चउरमा बसेको देखि १५ मिनेटमै जम्मा भए।



खानाको प्याकेट झिकेर राजा-रानी एक ठाउँमा,सवारीमन्त्री र हामि एक ठाउँमा सुरक्षाकर्मी एक ठाउँमा बसी हेलिकप्टरबाट गलैँचा साँघुरैसँग बसेर खान थालेका थियौँ।

उता राजाबाट घाँस-पात आएका किसानसँग कुरा हुँदै थियो।

बडामहारानीले लगेका खानाका प्याकेटबाट खानेकुरा झिकी तिनिहरुलाई बाँडिबक्सेछ। राजाबाट ती किसानलाई सोधिबक्सेछ,-‘तिम्रो घर कहाँ छ ? कति घर बस्छौ त्यहाँ?’

‘यहि तल हो,बिस-पच्चीस घर छौँ,किसानले भनेछन्।

‘अरु खै त ?’ राजाबाट थप सोधनी भएछ।

‘सबैजना आज राजा-रानी खलंगा ( डोटि सदर मुकाम) आउने रे त्यहिँ गएका छन्। हामि सबैलाई अन्याय भयो,राजासँग कराउने भनेका छन्’,ति किसानले भनेछन्।

‘के भयो र ?’ राजाबाट थप प्रश्न भएछ।

उनले मुद्दाको कुरा भन्न सकेनछन् तर प्रेमसिंह खड्काले ‘हाम्रो बास उठाउने भएको छ।’ यतिसम्म कुरा राखेछन्।

‘यिनको कुरा के रहेछ,अन्याय भयो भन्छन्,’राजाबाट न्यायधिश र मलाई बोलाइयो र कुरा हामितिर पन्छाइयो।

हामिलाई पनि उनले मुद्दाको कुरा केहि भन्न सकेनन्,त्यहि जाहेर गर्यौ।

अनि किसानलाई सोधनी भयो,’तिमिलाई ४ बजेतिर छोडे खलंगाबाट आउन सक्छौ?’

‘सबै साथी छन्,सक्छु’ उनले भने।

‘अहिले त्यसोभए तिमि मसँग हिड। तिम्रो मुद्दा यी न्यायधिशले हेरिदिन्छन्,’ यसरी राजाले भनेपछि किसानले आफ्नो साथको नाम्लो र हँसिया अर्को गोठालोलाई दिएर राजा-रानीसँगै हेलिकप्टर चढे।

राजाबाट उसको गाउँ-घरवरिपरि परिक्रमा गरी अवलोकन भयो।

डोटिमा उत्रँदा स्वागत गर्न गएकाहरुले जय-जयकर गरेका थिए।

ढोका खोल्ने बित्तिकै च्यातिएको भोटो लगाएको गाउँले मान्छेलाई ओर्लेको देखेर सबै दंग परे। राजाको जय-जयकार सुनेर त्यो किसान बेहोश भएर ढल्यो। उनलाई अरुले उठाइदिए।

राजाबाट किसानले केहि नगद पनि पाए। हामिहरुलाई देखाएर ‘यिनिहरुसँग जाउ। तिम्रो मुद्दा के हो? हेरिदिन्छन्,’ भन्ने भयो। मन्चतिर लाग्दै राजाबाट हुकुम भयो,’ तिमिहरुले मुद्दा हेरी मलाई यहिँ जाहेर गर।

(रेवतीरमण खनालको आत्मकथा अनुभूति र अभिव्यक्ति गरिब किसान राजासँगै हेलीकप्टरमा बाट लिईएको)

प्रस्तोता – राम ढुंगाना

प्रकाशित मिति :बैशाख १२ मंगलबार-२०७४

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment