एकीकृत मुसहर बस्ती संरक्षण समिति अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गरे ।
बस्ती हस्तान्तरण कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदी, महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायत उपस्थिति छन् । फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ । बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ ।
फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ । मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । देश-विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।
बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ । हरेक घर अगाडी बगैचा तयार गरिएको छ । बगैचामा अशोकका बिरुवा रोपिएका छन् । यसले बस्तीलाई हरियाली र वातावरणमैत्री बनाउनेछ । साभार: कान्तिपुर
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment