Thursday, April 27, 2017

शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ! भ्रम र यथार्थ

 डा. कपिलदेव उपाध्याय
कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् ।

बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको अवस्थामा कतिपयले यस्ता विश्वासको सहारा लिन्छन् । बोक्सीकै सन्दर्भमा कुरा गर्दा धामी पुरुष हुन्छन्, बोक्सीको आरोपमा महिलाहरु पर्छन । सबैभन्दा गरिब, अक्षम, असहाय, श्रीमान नभएको, भए पनि काम गर्न नसक्ने, अधबंैसे आदि महिलालाई बोक्सी लगाउने प्रचलन हुन्छ । बोक्सीको आँखा लागे नराम्रंो हुन्छ भन्ने कुरीति  छ । एक त गाउँको मनोविज्ञानले त्यो बोक्सी हो है भनेर बुझ्ने भयो । अर्कोतर्फ उनलाई सबैले हेप्ने दृष्टिकोण राखेका हुन्छन् । बोक्सीको आँखा परेमा गाईभैंसीले पनि दुध दिँदैन भन्ने अन्धविश्वास कतिपय ठाउमा छ ।


परम्परादेखि बोक्सीको सोच विकास भएको देखिन्छ । हामीलाई धेरै पहिलेदेखि यो सोच आएकाले तत्काल घटाउन कठिन हुन्छ । बोक्सीका नाममा कुटने, पिट्ने, दिसा खुवाउने, अमानवीय व्यवहार गर्ने घटना आजकाल पनि सुनिन्छ । यी कुरितीलाई तत्काल हटाउनु पर्छ । लामो समयदेखि मानिसको दिमागमा जरा गाडेकाले बोक्सीप्रथा हटाउन पनि योजनाबद्ध अभियानको जरुरी पर्दछ । मानिसको मनोविज्ञानलाई परिवर्तन गर्नु ठुलो चुनौती हो ।

हाम्रो शरीरमा धेरै किसिमका रोग लाग्न सक्छन् । कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चसेको भन्ने चलन छ । बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । ‘ब्लिडिङ डिसअर्डर’ हुनसक्ने भएकाले रगतको परीक्षण गरेर उपचार गर्नु राम्रो हुन्छ ।

मनोवैज्ञानिकरुपमा उपचार गर्ने प्रणाली विभिन्न मुलुकहरुमा अपनाइएको छ । पश्चिमा मुलुकतिर ‘साइकोलोजिकल काउन्सिलिङ’ भनिने यो उपायबारे कतिपय मुलुकमा साइकोथेरोपी, हिलिङ लगायतका नामले चिनिन्छ । कतिपय मानिसले भोगेका मनोवैज्ञानिक समस्या बाहिर निकालेर उपचार गर्न सकिन्छ भन्ने मान्यता छ । आजभोलि डान्स, लाफ्टर लगायतका थेरापी पनि प्रचलनमा छन् । जापानतिर रेकीको चलन छ । हामीकहाँ करिब ५ लाख धामी, झाँक्री र हेराउनेहरु छन् । हरेक गाउँमा एक जनाजति उपलब्ध छन् ।

नेपाली समाजमा पहिलेदेखिको चलन हेर्दा कुनै रोग वा कठिनाई भयो कि सहजै समाधानको उपाय भनेको ‘हेराउने’ नै हो । ज्वरो आयो, गाई÷भैसी बिरामी भएपनि जान्नेलाई बोलाएर ‘फुकाउने’ चलन थियो । शहरमै पनि कतिपय माताले महंगो शुल्क लिन्छन् र सेवाग्राहीको लामो लाईन देखिन्छ । ‘हिलिङ’ गर्ने यो आ–आफ्नै तरिका हो । पानी मन्तरेर खान दिने, खरानी फुकिदिने, चामल हेराएर दिने, पूजा गराउन लगाउने आदि चलन छ । त्यतिबेला एलोप्याथिक उपचार पद्दति थिएन, दक्ष स्वास्थ्यकर्मी पनि नभएकाले यो नै विकल्प थियो । यो मनोवैज्ञानिक रुपमा उपचार गर्ने उपाय जस्तो देखिन्थ्यो । कतिपय साना समस्या यस विधिबाट समाधान हुन्थे र मानिसले यस्ता पद्धतिमा झनै विश्वास गर्न थाले ।

धामीहरुले हल्लेर, कुटेर, पन्यूले हिर्काएर पनि उपचार गर्ने चलन छ । उनीहरुले आफ्नो देउता बोलाएर बोक्सी निको पार्छु भन्छन् । उनीहरुले कमजोर बिरामीको शरीरका विभिन्न भागमा तातो पन्यूँले हिर्काउछन् । पानीमा डुबाउने, लुछ्ने आदि पनि गर्छन् । कतिपयले उपचारकै क्रममा बोक्सी भनेर नाम किटेर उनीहरुलाई कल्पनै गर्न नसकिने खालको दुव्र्यवहार गर्छन् । यस्ता कुरितीलाई जतिसक्दो हटाउनुपर्छ र यस्ता अमानवीय व्यवहार गर्ने झाँक्रीलाई कानूनी कारवाही गर्नुपर्छ । उपचारका क्रममा यस्तो यातना पाउनेमा महिलाहरु नै बढी छन् । पुरुषहरु त्यति पर्दैनन् ।

रातीको समयमा भूतप्रेत, किचकन्नी आदि देखिएको, डराउन दिएको भन्ने चलन नेपाली समाजमा छ । हाम्रा हिन्दु धर्मग्रन्थहरुले पनि यिनीहरुको अस्तित्व स्वीकारेको छ । परम्पराअनुसार भुतप्रेत हुन्छन् भनेपनि मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकारेको छैन । दिवंगत आत्माहरु हाम्रो वरपर डुलिरहेको भन्ने मान्यता राखिन्छ । हाम्रो संस्कारदेखि नै यी कुरा हाम्रो मनसपटलमा ज्यादा बसिरहेका हुन्छन् । कतिपयले विश्वास नै गर्दिन भनेपनि कता कता उनीहरुको मनको कुनामा भूतप्रेत आदि रहेकै हुन्छ । तर यथार्थमा मेडिकल विज्ञानले यिनीहरुको अस्तित्व स्वीकार गर्दैन । कतिपय आध्यात्मिक चिन्तकहरुले त प्रेतात्माको अस्तित्व स्वीकार गरेपनि तिनीहरुले मानव तथा समस्त प्राणीजगतलाई कुनै हानी नगर्ने दृष्टान्त दिएका छन् ।

जब हामी निकै डराएका हुन्छौं, तब विभिन्न शंका खेलेर झनै त्रासको वातावरण हुन्छ । हामी दिनको तुलनामा राती बढी डराउने भएकाले अनेकन शंका गरेर अनेक कल्पना गर्न थाल्छौं । हामीले जे कल्पना ग¥यो, दिमागमा त्यो तत्काल देखापर्छ । त्यसैले भूतको शंका हुनासाथ हाम्रो मानसपटलमा रहेको भूतको आकृति देखा पर्छ । फेरि हाम्रो पुख्र्यौली संस्कारले भूतको अस्थित्व र स्वरुप सिकाएकै छ । त्यही डरका कारण हामीले राती हिड्दा, कतै देख्दा यस्ता अस्तित्व देखें भनेर मानिसहरु अरुलाई भन्दै हिड्छन् । र अरुले पत्याइदिन्छन् ।
स्वास्थ्यखबरडटकमबाट साभार

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

1 comment:

  1. ho boksi , pichas , etc ko naam ma dherai purus vanda mahila dherai parxan ra unarulai pani na sochyeko vanda pani dherai kutinxa kita gu , hatpat , dur ,tetsa bheavaar garina ... tara doctor ly pani niko garna nasakya kam garyra dekhaidinxa dhami , jakri ly ...ausadi ly vanda pani kharani ly niko parxan ...ra sabvanda thulo kura ... kati paye manxye mandir janaa mandainan ra tinaru nai mandir yata om jasta thau ra naam ly thau ka thu kamna thalxan .... ....gai bastu biramin parnu ra dud na dida ... jhkri kai buti bastu ko ghati ma laidida ... dud dina thalnu ra niko pani hunu ... ...... etc testa dherai xan examples haru ... hamily andabiswas vanda pani arulai dhuka dinu hunaaa ra... boksi vandaima naramro bhevaar ra kutnu huna...

    ReplyDelete