चुरोटको लत बेसेकाहरु प्रायजसो खाना खाएपछि चुरोट खान आतुर हुन्छन् । त्यतिमात्रै नभइ, खाना खाइसके पछि चुरोटको तलतल मेटाउन मागेरै भएपनि चुरोट सेवन गर्ने गर्छन् ।
कतिपयलाई खाना पछिको चुरोटले आनन्द दिने गरेको प्रतिक्रिया दिने गर्छन् । चुरोट सेवन कुनै पनि हालतमा स्वास्थ्यका लागि लाभदायक छैन । त्यसमा पनि खाना पछि गरिने चुरोट सेवन स्वास्थ्यका हिसावले अत्यन्तै हानिकारक छ ।
बैज्ञानिकहरुका अनुसार, खाना खानासाथ यदि तपाईले धुम्रपान गर्नुभयो भने, तपाईको स्वास्थ्यमा दश वटा चुरोट सेवन गरे बराबर क्षति पुग्छ ।
अनि फोक्सो क्यान्सरको संभावना अत्यधिक मात्रामा बढेर जान्छ । यसका साथै मानव पेटमा चुरोटको धुँवाले भुसमा लागेको आगो जस्तै मधुरो आगोको काम गर्छ र मानव शरीरमा शनैशनै डढेलो लगाउँछ । पाचन प्रक्रियामा असर पुर्याउँनुका साथै चुरोटमा रहेको निकोटीनले रगतमा भएको अक्सिजनमा मिसिएर रगतनै खराव पारिदिन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment