Wednesday, April 12, 2017

परमाणु हमलाबाट अमेरिका नै तहसनहस बनाई दिने उत्तर कोरियाको चेतावनी

३० चैत्र, काठमाडौं । उत्तर कोरियाले अमेरिकालाई फेरी अर्को धम्की दिएको छ ।अमेकिारले पछिल्लो समय सिरियामा मिसाइल आक्रमण गरेपछि उत्तर कोरियाले अमेरिकालाई परमाणु हमला गर्ने चेतावनी दिएको हो । अहिले सिरियामा अमेरिकी हमलापश्चात् उत्तर कोरिया र अमेरिकाबिच तनाव बढिरहेको छ । उत्तर कोरियाले अमेरिकालाई आफ्नो देशलाई सिरिया सम्झने भूल नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी मिडियाले यदि अमेरिकाले उक्साए उनको देश परमाणु हमला गर्ने तयारी अवस्थामा रहेको भनी चेतावनी दिएको छ ।

उत्तर कोरियाको सरकारी पत्रिका रोडोंग सिनमुनले देशले संयुक्त राज्यको कुनै पनि आक्रमणलाई जवाफ दिनका लागि आफू सक्षम भएको बताएको छ । ‘हाम्रा क्रान्तिकारी सेना दुश्मनको सबै गतिविधिमाथि निगरानी गरिरहेको छ । यसका साथै नाभिकीय निगरानी तन्त्रले केवल दक्षिण कोरिया र प्रशान्त महासागरमा मात्र नभई अमेरिकाको मुख्य भूमिमा उनीहरुको सैन्य अड्डामा निगरानी गरिरहेको छ,’ पत्रिकाले भनेको छ । उत्तर कोरियाले परमाणु परिक्षणका साथै अन्य भड्किलो कारवाही पनि गर्नसक्ने आशंका जताएका छन् ।

उत्तर कोरियामाथि अमेरिकी हमलाबाट उब्जिने भावी स्थितीलाई सामना गर्नका लागि चीनले पनि कम्मर कसेको छ । चीनले उत्तर कोरिया सीमामा करिब डेढ लाख सैनिकलाई तैनाथ गरेको छ । पिपल्स लिबरेसन आर्मी फोर्सको मेडिकल र ब्याकअप युनिटलाई चीन– उत्तर सीमामा रहेको यालू नदिको किनारामा तैनाथ गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment