कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, बद्लिदो जीवनशैलीको कारण अहिले कलेजोको समस्या साझा पीडा बन्दै गएको छ ।
फ्याटी लिभर के हो ?
यो त्यही अवस्था हो, जब कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा अधिक बोसो जमेर हुने संक्रमणलाई फ्याटी लिभर भनिन्छ । वोसोयुक्त खानेकुराको सेवन, मोटोपन, अनियमित दिनचर्या, तनाव, रक्सीको सेवन, धुमपान जस्ता कारणले कलेजोमा बोसो जम्छ । यस्तो रोगले धेरैलाई सताएको हुन्छ ।
जब, कलेजोमा समस्या हुन्छ, शरीरका अन्य अंगहरुमा पनि त्यसको असर पर्छ ।
लक्षण
– भोक कम लाग्नु ।
– पेट फुलिनु ।
– आँखा र छालामा पहेंलोपन देखिनु ।
– चक्कर आउनु वा कमजोरी महसुष गर्नु ।
– खाना ठीक ढंगले नपच्नु र एसिडीटी हुनु
– पेटको दाँयाबाँया भागमा पीडा हुनु ।
के छ घरेलु उपचार ?
१. यस्तो अवस्थामा दिनमा दुई पटक प्याजको सेवन गर्न सकिन्छ ।
२. २५ ग्राम ताजा अमलाको रस र त्यसमा ४ ग्राम सुख्खा अमलाको चूर्ण पानीमा मिसाएर दिनमा तीन पटक सेवन गर्नुपर्छ । यो क्रम २० दिनसम्म निरन्तर जारी राख्नुपर्छ ।
३. मध्यन्हको खानापछि लस्सी सेवन गर्नु लाभदायक हुन्छ ।
४. कागतीको रस र पानीमा नुन हालेर नियमित रुपमा पिउनुपर्छ ।
५. ग्रीन टि एकदमै लाभदायक हुन्छ । त्यसैले आफ्नो खानामा ग्रीन टिलाई पनि सामेल गर्नुपर्छ ।
६. भिटामिन सियुक्त खानेकुराले पनि कलेजोको बोसो हटाउन मद्दत गर्छ । सुन्तला, कागती यसको राम्रो स्रोत हो ।
७. करेला तीतो भएपनि कलेजोको बोसो हटाउनमा यसले राम्रो भूमिका खेल्छ ।
८. कलेजोमा जमेको बोसो हटाउन काँचो गोलभेडाको सेवन पनि लाभदायक हुन्छ ।
(चिल्लोरहित खानेकुरा सेवन गर्ने, मदिरा सेवन नगर्ने, कलेजोलाई स्वस्थ्य राख्न खानामा जुस र फल सामेल गर्ने )
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment