Monday, April 24, 2017

कृषि सूचनाका लागि मोबाइल र सिम उपलब्ध,वर्षा र मौसमको बारे मोबाइलबाटै सूचना

चितवन,बैशाख ११ – जलवायुजन्य प्रकोप न्यूनिकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु भएको छ।

 कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालय चितवनमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो। जलवायुजन्य प्रकोप समुत्थान निर्माण आयोजनाअन्तरगत चितवनका विभिन्न ६३ वटा कृषि तथा पशुपालन कृषक समूहहरुमा उक्त कार्यक्रम लागू भएको जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत तथा कार्यक्रमका फोकल व्यक्ति श्रीकृष्ण न्यौपानेले जानकारी दिए।

उनका अनुसार अधिकांश किसान समूहहरुलाई मोबाइल र सिम वितरण कार्य सम्पन्न भइरहेको र केही कृषि प्रविधिहरु समेत उपलव्ध गराइएको छ। यो वर्ष जिल्लाका ३८ वटा कृषि समूह र २५ वटा पशुपालन कृषक समूहमा कार्यक्रम सञ्चालन गरिएको छ।


 ती समूहको मुख्य व्यक्तिले मोबाइल र सिम प्रयोग गर्ने र आएका सूचनाहरु सबै किसानलाई जानकारी दिने गरी कार्यक्रम सञ्चालन गरिएको हो। कृषि मन्त्रालयले नै कृषि सूचना तथा प्रकोपको अवस्था, वर्षा तथा बाढीको अवस्थाबारे मोबाइलमा सूचना पठाउने र त्यही सुचनाको आधारमा जिल्लाका किसानले सावधानी अपनाउने र आवश्यक जानकारी लिन सक्नेछन्। उक्त कार्यक्रम नेपाललगायत देशका विभिन्न २५ जिल्लामा लागू भएको जनाइएको छ। कार्यक्रमअन्तरगत किसानलाई तापक्रम नाप्ने थर्माेमिटर, वर्षा मापन यन्त्र, विभिन्न कृषि बुलेटिनहरु उपलव्ध गराइने छ।

कार्यक्रममार्फत किसानहरुलाई घरमै बसीबसी कृषि सूचना र प्रविधिबारे जानकारी हुने जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउँछन्। उनले जिल्लाका ५ हजार किसानका मोबाइलमा यो सुविधाको नेटवर्क विस्तार गर्ने योजना रहेको बताए। शितलहर चल्ने अवस्था, पानी पर्ने अवस्था, कति पानी पर्दा बाढी आउँछ, कुन मौसममा कस्तो रोगकिरा लाग्न सक्छ सो विषयमा मन्त्रालयबाटै मोबाइलमा सूचना आउने भएकाले किसानहरु सावधानी अपनाउन सक्ने कृषि कार्यालय चितवनले जनाएको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment