Tuesday, April 11, 2017

बिखण्डनकारी सीके राउतलाई लाग्यो अहिलेसम्मकै ठूलो झट्का, प्रहरीले गर्‍यो प्रसंसनीय कार्य

काठमाडौं, ३० चैत । मध्यतराईका विभिन्न जिल्लाहरूमा विखण्डनकारी गतिविधि चलाउँदै आइरहेका सीके राउतको राहदानी र बैंक खाताहरू रोक्का गर्न जिल्ला अदालत सिरहाले आदेश दिएको छ ।

सीके राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने भन्दै विखण्डनकारी गतिविधि चलाउँदै आएका छन् ।

उनले आफ्ना गतिविधिहरू विखण्डनकारी नरहेको भन्दै विशेष अदालत र स्थानीय प्रशासनहरूमा झुठो विवरण दिँदै आएका छन् । तर, उनका गतिविधि र दस्तावेजहरूले विखण्डनकारी अभियान चलाएको पुष्टि हुने थुप्रै आधारहरू रहेको प्रहरी भनाइ छ ।

जिल्ला अदालतको आदेशअनुसार सीके राउतको राहदानी रोक्का गर्न सिरहा प्रहरीले चैत १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको स्रोतको भनाइ छ । त्यसैगरी प्रहरीले चैत १६ गते सीके राउतको नाममा रहेका सबै बैंक खाताहरू रोक्न पनि पत्र पठाइएको उच्च स्रोतको भनाइ छ ।

सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको आदेशपछि सीके राउतको नाममा रहेको बैंक खाता रोक्न आदेश दिइएको हो । अब सीके राउतले राहदानी पनि पाउने छैनन् ।

सीके राउतको विखण्डनकारी अभियानलाई सहयोग पुग्ने गरेर विभिन्न दातृ निकाय, एनजिओ तथा व्यक्तिहरूले ती बैंक खाताहरूमा पैसा पठाउने गरेका थिए ।

राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लहान, सिरहा सीके राउतमाथि मुद्दा चलाइरहेको छ ।

सीके राउतले आफ्नो विखण्डनकारी अभियानमा विशेष गरेर बेरोजगार र अशिक्षित मधेसी जनताहरूलाई फकाएर लगाउने गरेका छन् ।

सीके राउतको नाममा कुमारी बैंक पुतली सडक काठमाडौं र सनराईज बैंक लिमिटेड राजविराज सप्तरीमा खाता छ । ती खाताहरू रोक्का गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।

यसैबीच, नेपाल प्रहरीले सीके राउतले बिखण्डनकारी अभियान चलाउन प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, यूट्यब जस्ता एकाउन्ट सबै बन्द गरिदिने भएको छ । त्यसका लागि पहल सुरु भइसकेको स्रोतले जनायो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment