Sunday, April 30, 2017

दिउँसो सुत्नाले चाँडै मरिने…

(एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ ।

४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment