Wednesday, April 26, 2017

फेसबुकमा बर्षमा एक दिन आमाको फोटो राखेर मात्र आमाको सम्मान हुँदैन भन्नेहरुलाई …

फेसबुकमा बर्षमा एक दिन आमाको फोटो राखेर मात्र आमाको सम्मान हुँदैन भन्ने केही आमाहरूका अति नै ज्ञानी सन्तानहरू पनि देखिए । जस्ले ३६५ दिनै आमाको सेवा हुनुपर्छ भन्न खोजेको हुनुपर्छ । यस मानेमा म यो महान सोचलाई सलाम गर्छु ।



तर आज हाम्रो संस्कृतिमा आमाको विशेष दिन । आज आमालाई विशेष किसिमले सम्झनुपर्ने समय । आमा नै तीर्थ हुन् । आमा नै सबथोक । आमा शब्द नै सम्पूर्ण अर्थ सहीत विराजमान छ । आमा सृष्टि हुन् वा भनौ आमा सृष्टिको सबैभन्दा विशेष सौन्दर्य हुन् । आमा निष्कलंक प्रेमकी प्रतिमूर्ति हुन् । आमा जसरी व्यक्त गर्न खोजे पनि व्यक्त हुन नसक्ने अथाहा प्रेमकी जननी हुन् ।

हो यी आमाको विशेष सम्मान र श्रद्धा स्वरूप आमालाई आफू सँधै रमाउने सामाजिक संजाल फेसबुकमा आफ्ना प्रिय-प्रिय साथीहरूका माझ आफ्नी आमाको तस्वीर राख्नुलाई भने मैले झन् उच्च सम्मान र श्र्द्दाका साथ हेरेको छु । ती जो आफ्नी बृद्द (छाला चाउरीपरेकी, दाँत झरेकी, मिलाएर लुगा नलगाएकी,कमजोर) आमाको तस्वीर राख्न या आमासँग सँगै तस्वीर खिच्न पनि लजाउँछन्, ऊनीहरूले त आमाको तस्वीर सेयर गर्ने र ‘यी मेरी आमा हुन्’ भन्न सक्ने कुरै पनि भएन । फेसबुकमा हामी सबै त्यति साह्रो अज्ञानी पनि छैनौ, यो अप्ठ्यारोलाई पनि सहज रूपमा बुझिदिन सक्छौं । तर तपाई पनि आमाको तस्वीर राखेकोमा विरोध गर्दै नहिंडिदिनुहोस् न भनेर अलिकति यसरी सम्झाउन मन चाहिँ भएको छ ।


ती जो बाआमालाई पैसा दिए पछि सबैकुरो पुर्याएको र कर्तव्य पुरा गरेको सम्झन्छन्, तिनीहरूलाई मैले बाआमाको निम्ति सबथोक गरेको छु भन्ने घमण्ड लाग्छ कि ? बाआमा तपाईले कति कमाउनु भयो सँग हैन, तपाई कति उहाँहरूलाई माया गर्नु हुन्छ, कति सम्झनु हुन्छ, कति सुख दुखमा ख़्याल गर्नु हुन्छ अर्थात् तपाई आफूलाई उनीहरूको सन्तान भन्न गर्व गर्नुहुन्छ हुन्न वा बाआमाको ख्याल राख्नुलाई सौभाग्यको रूपमा लिनुहुन्छ कि कर्तब्य या जिम्वेवारीको अर्थात् बोझको रूपमा लिनुहुन्छ- सँगमात्र सरोकार राख्नुहुन्छ । तपाईसँग केही छैन दैनिक सस्तो ज्यालामा मजदुरी गर्नुहुन्छ भने पनि केही छैन । तपाईको परिस्थिति बरू तपाईको सन्तानले नबुझ्लान् तर बाआमाले सँधै त्यो महसूस गर्नुहुन्छ । किनकी बाआमा भनेको इतिहाँस हो । तपाईको उहाँहरू माथिको दृष्टिकोण प्रमुख कुरा हो । नत्र झुपडीमा पनि मुस्कुराइरहेका र महलमा पनि रोइरहेका बाआमाहरू भेटिने थिएनन् । यसलाई जसरी बुझ्नु हुन्छ बुझ्नुहोस् ।

जे होस् । आज मन धेरै खुसी छ । धेरै धेरै आमाहरूलाई देख्न जो पाएको छु । बर्षौ नदेखेका कति कति आमाहरूका तस्वीरहरू सेभ गर्न पाएको छु । आमाहरूका तस्वीरका अघि नै सही श्रद्धाले झुक्ने अबसर जुन मिलेको छ । सबै सबै असल आमाहरूमा हार्दिक हार्दिक प्रणाम!

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment