Saturday, April 22, 2017

बच्चा जन्माउने फार्म: जहाँ किशोरीहरुलाई जबरजस्ती आमा बनाइन्छ

तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ?

शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त ? यो अलि अनौठो तथा अशोभनीय लाग्न सक्छ । तर, अफ्रिकी देश नाइजेरियामा भने पछिल्लो समयमा बेबी फार्मिङको धन्दा निकै फस्टाएको छ ।

केही वर्षयता उक्त मुलुकमा बच्चाको व्यापार निकै तिब्र गतिमा भैरहेको छ । विश्वका विभिन्न देशका निसन्तान दम्पत्तिहरुका लागि नाइजेरिया बच्चा कारखाना भन्दा कम छैन ।

अस्पताल तथा अनाथालयहरुमा लुकिछिपी बेबी फार्मिंग गर्ने गरिएको छ । कम उमेरका किशोरीहरुलाई आमा बन्नका लागि बाध्य पार्ने गरिएको छ ।

त्यसरी बच्चा जन्माउन बाध्य पारिने किशोरीहरुमध्ये अधिकांश अनाथ तथा गरीब हुने गरेका छन् । उनीहरु पैसाका लागि यस्तो गर्न बाध्य छन् ।

बच्चा उत्पादन गरिदिने किशोरीहरुको उमेर १४ देखि १७ वर्षबीचको हुने गरेको छ । गर्भ रहेसँगै उनीहरु चाहेर पनि गर्भपतन गराउन पाउँदैनन् ।

किनकि नाइजेरियाको कानूनमा यो उमेरका किशोरीको गर्भपतन गैरकानूनी मानिन्छ ।

शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

कानूनको यहीँ कमजोरीको फाइदा बच्चा माफियाहरुले उठाउने गरेका छन् । र, ती किशोरीहरुबाट जन्मिएका बच्चालाई ५, ६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको भारतीय पत्रिका भास्करले उल्लेख गरेकाे छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment