Thursday, April 27, 2017

दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन

काठमाडौं– दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। ‘नरहे नेपाल, रहँदैनौ हामी नेपाली’ भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए।

पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दाैरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे।

र्‍यालीमा सहभागी ११ युवाले शरीरमा सालको पात मात्र बेरेका थिए। माइतीघरदेखि सुरुभएको र्‍याली बानेश्वर पुगेर समापन भएको थियो। दवाबमूलक प्रदर्शनमा सहभागीले नेपालीकाे टाेपी, दाैरा, सुरूवाललार्इ राष्ट्रिय पाेशाक बनाउन सरकासँग माग गरे।

श्रद्धावान नेपाल र राष्ट्रिय पोशाक संरक्षण महाअभियानले संयुक्त रुपमा र्‍याली गरेका हुन्। माइतीघरदेखि सुरु भएको र्‍याली नयाँ वानेश्वर पुगेर समापन भएको थियो। श्रोत: नागरिक न्युजबाट

फोटोहरु:

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment