यहाँ त्यस्ता ६ चिजका तस्विरको चर्चा गरिएको छ जुन घरमा राख्नु राम्रो मानिँदैन । यस्ता बस्तुले तनाव निम्त्याउँछन् ।
१ जहाजको तस्विरः
मानिसहरु ठूला ठूला जहाजका तस्विर घरको भित्रामा टाँस्न मन पराउँछन् । कतिपयले ऐतिहासिक टाइटानिक जहाजको तस्विर पनि राख्छन् । तर यो बास्तु शास्त्र अनुसार अनिष्टकारी मानिन्छ । यसले घर परिवारमा तनाव सृजना हुने र मनोवल गिराउन काम गर्ने बास्तु शास्त्रको दावी छ । यस्ता तस्विरले घरमा धनको क्षति गराउने समेत मानिन्छ । यस्ता तस्विर घरमा नकारात्मक उर्जा पैदा गर्ने हुन्छ ।
२ भूत प्रेतको तस्विरः
कतिपय घरमा भूत प्रेतका तस्विर एवं राक्षसका तस्विर टाँसिएको हुन्छ । यस्ता तस्विर बास्तुको हिसावले नोक्शानदायी मानिन्छ । यस्त तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने र कष्ट दिने बास्तु बिदहरुको दावी छ ।
३ झरनाको तस्विरः
मानिसहरुले घरमा झरनाको तस्विर राख्न मन पराउँछन् । तर यो पनि बास्तुको दृष्टीमा नकारात्मक मानिन्छ । बास्तुविज्ञानका अनुसार यस्ता तस्विरले घरमा खर्च बढाउँछ । झरनाको पानी बगे जस्तै खर्चमा पैसा बग्ने बास्तुविदहरुको दावी छ । घरमा सके सम्म चालक बस्तु भन्दा पनि स्थिर बस्तुको तस्विर राम्रो मानिन्छ ।
४ नटराजको तस्विरः
मानिसहरु भगवान शिवको नाचेको नटराज तस्विर घरमा राख्न मन पराउँछन् । यस्तो तस्विर देख्दा राम्रो मानिएपनि घरमा अशुभ मानिन्छ ।यसले घरमा विनाशको सम्भावना बढाउँछ ।
५ ताजमहलको तस्विरः
घर वा कोठा सजाउन ताजमहलको तस्विर राख्ने गर्नु भएको छ भने हटाइदिनुस् । यसले पनि नकारात्मक उर्जा पैदा गर्ने बास्तुविदको भनाइ छ । यो समाधीको चिन्ह भएका कारण घरमा समाधीको चिन्ह राम्रो मानिँदैन । यसलाई प्रेमको विछोडको प्रतिक समेत मानिने हुँदा यो तस्विर घरमा राम्रो हुँदैन ।
६ महाभारतको तस्विरः
कतिपयले महाभारतमा कृष्णले रथ हाँक्न थालेको तस्विर घरमा राख्छन् । तर यो तस्विर पनि बास्तुको दृष्टीमा नकारात्मक उर्जा दिने हुन्छ । यो तस्विरले घरमा युद्धको भावना पैदा गर्ने र कलह हुन सक्ने बास्तुविदको भनाइ छ । यसले सम्बन्ध नभएर कलह बढाउने उनीहरु बताउँछन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment