Thursday, April 20, 2017

‘हाम्रो मानिस तुरुन्त छोड्नु, नत्र म माओबादि हेडक्वार्टर ध्वस्त पार्दिन्छु’

माओवादिले प्रचण्डको उपस्थितिमा काठमाण्डौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मन्चमा।

आफ्ना कार्यकर्तालाई सैनिक मन्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ।

प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ।प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन। माओबादि सेनाको छातीमा बिच बजारेको कुन सिपाहिला असह्य हुन्थ्यो र!

शान्ति सम्झौतापछि पनि रास्ट्रिय सेनाप्रती माओबादिको शत्रुतापूर्ण ब्यबहार कायमै थियो। सैनिक मन्चमा परेड खेलेर जितको सन्देश दिन माओबादि नियत मैले बुझेको थिएँ। यसमा सेनाको मनोबल घटाउँने अभिस्ट लुकेको थियो।



हेडक्वार्टर बाट बालुवाटार जान पन्ध्र मिनेट लाग्थ्यो। मैले त्यति धैर्य गर्न सकिनँ। फोनमै आफ्नो अडान प्रधानमन्त्री लाई सुनाइदिएँ।

‘प्रधानमन्त्रीज्यु,दिल्लीको लाल किल्लाभित्र कुनै पार्टिले आमसभा गरेको थाहा पाउनुभएको छ?’मैले भने।
‘मैले चिपसापको कुरा बुझिनँ, उहाँले मसिनो स्वरमा भन्नुभयो।टुँडिखेलमा रास्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दसबिशेषको आमसभा भएको छ?’ म झोक्किएँ।

उहाँले बुझिहाल्नुभयो।

‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो।
‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मन्चमा पाइला टेक्न दिँदैन।’, माले आफ्नो निर्णय सुनाईदिएँ।

‘शान्ति र संबिधानको कुरा छ। रास्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नु हुँदैन’, उहाँले मनाउन खोज्नुभयो, सेना अलि सफ्ट भइदिनुपर्छ।’

‘सैनिक मन्चमा बुट बजार्ने माओवादिको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भब छ।’

‘ल त ल, आर्मिको नियमअनुसार गर्नुस्’, गिरिजाबाबुले फोन राखिदिनुभयो।

मैले प्रधानमन्त्रीको संबाद उच्च सैनिक अधिकारीहरुलाई सुनाएँ। भनेँ,’माओबादिले थाहा पाउन्,यो संबाद लिक गरिदिनु।’

म र प्रधानमन्त्री कोइरालाबीचको कुराकानीले सबैतिर चर्चा पायो। माओबादिले आफ्नो तयारी रोकेनन्। पन्पलेट टाँसे। दरबार ढलेको चित्र बनाए । सैनिक मन्चमा पसेर राजपरिवार बस्ने आसन ध्वस्त पार्ने हल्ला चलाए।

‘लोकतन्त्र आइसकेपछि पनि सैनिक मन्चमा कार्यक्रम गर्ने नपाउने? उनीहरुका केहि नेता हामिबिरुद्द खनिन थाले,’राजाको सेनाले जनतालाई टुँडिखेलमा निषेध गर्न पाउँदैन।’

म भने आफ्नो निश्चयमा दृढ थिएँ।

शशिभबनको जमघटमा सन्चारकर्मी,वकिल,नेता मानबअधिकारबादिलाई सेनाको पोजिसन प्रस्ट पारेँ,’ सैनिक मन्चको सुरक्षाको लागी कठोर कदम चाल्न तयार छु।’

माओबादिले लाखौँ जनताका साथ टुँडिखेल छिर्ने धम्की दिइरहेको थियो।पोस्टरिंग,पम्पलेटिंग,माइकिंग गरेर प्रोपोगान्डा मच्चाइरहेको थियो। माओबादि दुत बनेर अनुमति माग्न आउनेहरुलाई मेरो जवाफ हु्न्थ्यो,’सैनिक मन्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैँ सिपाहीको अग्रपंक्तिमा बसेर मेसिन गगने भुटिदिन्छु।’

माओबादि सभा हुनु केहि दिनअघिदेखि नै सैनिक मन्च वरिपरी फौज तैनाथ भयो। हामिले अघिल्लो दिन राति नै हातहतियार सहित सैनिक मन्च घेर्यौ। महांकालको पुरानो अस्पताल र मन्दिरको छतमा सिभिल पोसीकमा सेना खटायौ। सन्चार सेट र सिसिटिभी जताततै जडान गर्यौ। केहि भइहाले मानबअधिकारबादि देखि अन्तरास्ट्रिय समुदाय सम्मलाई देखाउन क्यामरा जडान जरुरी थियो।

अन्तत: माओबादि पछि हट्यो। उनीहरुले सैनिक मन्च टुँडिखेलको सट्टा खुल्लामन्चमा आमसभा गरेर चित्त बुझाए।

माओबादि अध्यक्ष प्रचण्डले पछि कुनै कार्यक्रममा खुल्लामन्चबाट सैनिक मन्चतिर धारे हात लाउँदै भन्नुभएको थियो-‘ को हो त्यो कटवाल भनेको?’

जे होस् रक्तपात टर्यो।

फेरी अर्को घटना त्यस्तै भयो।

रामेछापका एकजना लप्टन २०६४ चैतमा घर गएका रहेछन्। त्यहिबेला माओबादिेले उनलाई नियन्त्रणमा लिएछ।

मैले तुरुन्त रक्षामन्त्रालय समेत हेर्ने प्रधानमन्त्रीलाई फोन गरेँ, ‘माओबादिले हाम्रो अफिसर कब्जामा लिएका छन्। तुरुन्त छाड्न भन्दिनुपर्यो।’

गिरिजाबाबु माओबादिप्रति धेरै ‘सफ्ट’ हुनुहुन्थो। उहाँ बिषयान्तर गर्न खोज्नुहुन्थ्यो। म भने टसमस भइनँ।

माओबादिले सेनाको अफिसर नियन्त्रण गरेको घटना निकै गम्भीर हो,’मैले प्रधानमन्त्रीलाई मुखै फोरेर भनेँ,’हाम्रो मानिस तुरुन्त छोड्नु, नत्र म माओबादि हेडक्वार्टर ध्वस्त पार्दिन्छु।’

त्यतिबेला माओबादि मुख्यालय बुद्दनगरमा थियो। मुख्यालय हान्न सिंहदरबारमा रेन्जरसहित एक टुकडी फौज जम्मा गरेँ। माओबादि कब्जामा रहेका अफिसरलाई छुटाउन पुर्बको सम्बन्धित बाहिनीलाई ‘रेस्क्यु’ अपरेसन थाल्न निर्देशन दिएँ।

केहिबेरमै यो खबर संसारभर पुगेछ। रास्ट्रसंघ,दिल्ली जताततैबाट फोन आउन थाल्यो। मध्यस्थ गर्न खोज्नेलाई मैले भनिदिएँ, ‘म ज्युँदो हुँदाहुँदै सेनाको कुनै सिपाहिलाई कसैले कोतर्न पनि पाउँदैन,खुरुक्क हाम्रो लप्टन छाड्छन् कि माओबादि केन्द्रीय कार्यलय ध्वस्त बनाइदिउँ।’

माओबादि डराएछन्।

केहि बेरमै हाम्रो लप्टन सकुशल छाडिएको खबर आयो।

मैले फौज फिर्ता गरे। अर्को रक्तपात टर्यो।

(रुक्मांगद कटवालको आत्मकथाको पेज ४२० माओबादी निशानामा सेना बाट लिईएको)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment