रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका
वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका
प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ ।
औषधी तयार बनाउन चाहिने सामग्री
४०० ग्राम ताजा ओखर
४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)
१ किलो प्राकृतिक मह
१२ पोटी ताजा लसुन
१५ वटा ताजा कागती
क्वाँटी तयार पार्ने तरिका
काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र
अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई
काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।
औषधी तयार पार्ने तरिका
लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।
५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।
बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।
उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।
उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा
राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।
डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना
खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् । क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–
दुई चम्चा सेवन गर्नुहोस् ।
हेल्थीटिप्सवर्ल्ड्स नेटका अनुसार डा. मेर्मेर्सकीका अनुसार यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि
सहयोगी हुनेछ । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ । जवान देखिन र तागतका लागि पनि यो
उपयोगी हुनेछ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ
। यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment