Thursday, April 27, 2017

मुसा, उडुस, झिंगा र माउसुली आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ सजिलै छुटकारा पाउने चार उपाय !

एजेन्सी – मुसा, उडुस, झिंगा र माउसुली आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । यो तरिका निकै नै सजिलो छ ।

१) मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ ।

२) साङ्ला: मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ ।

३) झिंगा: झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् ।

४) उडुस: प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले श्वास फेर्नमा उडुसलाई कठिनाई हुन्छ , जस्ले गर्दा उडुस तुरुन्तै मर्छ ।

५) माउसुली: माउसुलीलाई घरबाट भगाउने यो निकै नै राम्रो तरिका हो । ५–६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ । मयुरले माउसुलीलाई खान्छ । यसै कारणले गर्दा छेपारो मयुरको प्वाँख देख्ने बितिक्कै भाग्ने हुन्छ । यदि मयुरको प्वाँख पाउन सक्नुहन्न भने, अन्य चराको प्वाँखलाई पनि हाल्न सक्नुहुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment