Tuesday, April 25, 2017

मिल्ने भए उपेन्द्र यादव र विजय गच्छदार, बाबुराम र देउबा तनाबमा

काठमाण्डु, १३ वैशाख– ६ मधेसकेन्द्रित दलहरुबीच एकताबाट राष्ट्रिय जनता पार्टी नबन्दासम्म नयाँ शक्ति पार्टीसित एकता गर्नेमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको ठीकठीकै जोड थियो ।

आफूले चाहेजस्तो संविधान संशोधन नभइसकेकाले उनी संविधान जारीकर्तामध्ये एक बाबुराम भट्टराईसित तत्कालै जोडिइहाल्दा मधेसी मतदाताबीच गलत सन्देश जाने भयले जोडिइहाल्ने पक्षमा थिएनन्। तर मधेसमा नयाँ ध्रुवीकरणले उनलाई एकाएक अर्को शक्तिशाली पार्टी निर्माणका लागि चुनौती थपिदिएको छ । वैशाख ७ मा ६ वटा मधेसी पार्टी एकता भएको भोलिपल्टै उनी, भट्टराई र अशोक राईको नेतृत्वमा एकता तयारी समिति गठन गर्नु यसैको नतिजा थियो ।

अब उनको आँखा बृहत् मोर्चाबन्दी र चुनावी तालमेलतिर छ । राजपा एकतासँगै अब सात दलीय मधेसी मोर्चा केवल दुई दलको साझा बैठक स्थलमात्रै बन्न पुगेको छ । त्यस अर्थमा मोर्चाको अस्तित्व कमजोर पनि देखिन्छ । तर यादव मोर्चा अब झन् दह्रो र बृहत् पारिने तर्क गर्न थालेका छन् । सात दलीय मोर्चा छँदा त्यसको तुलनामा २९ दलीय जनजाति, मधेसीको संघीय गठबन्धनलाई प्राथमिकता दिने गरेका यादव अहिले फेरि मोर्चाको महत्वबारे चर्चा गर्न थालेका छन् ।

तत्काललाई संसद संख्यामा २५ सिटसहित आफूभन्दा ठूलो देखिएको राजपालाई राजनीतिक प्रभावका हिसाबले साइजमा राख्न संसदमा १५ सिट भएका यादवले पछिल्ला दिनमा आफूबाट छुटेर गएका विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलगायतलाई जोड्ने रणनीतिमा रहेको उनी निकट एक नेताले बताए । संसदमा गच्छदारको दलसित १७ सिट छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment