चाणक्य भन्नुहुन्छ :
मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसञ्चितम् ।
दाम्पत्ये कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।
यो श्लोकमा चाणक्यले बताए अनुसार जहाँ यी निम्नलिखित तीनवटा कुरा हुन्छन् त्यहाँ महालक्ष्मीको कृपा सदैव रहन्छ ।
१. चाणक्यका अनुसार मूर्खलाई भन्दा बुद्धिमानलाई मानसम्मान गरिने घरमा महालक्ष्मीले वास गर्नुहुन्छ ।
२. जुन घरमा अन्नभण्डार छ अनि त्यहाँबाट कुनै पनि व्यक्ति खाली हात फर्किनुपर्दैन र जहाँ अतिथिहरूको आदर सत्कार हुन्छ तथा जहाँ सात्विक भोजन गरिन्छ, त्यहाँ देवी लक्ष्मी स्वयं विराजमान हुनुहुन्छ ।
३. जुन घरमा पति र पत्नी प्रेमपूर्वक बस्छन्, झगडा गर्दैनन्, त्यो घरबाट देवी लक्ष्मी कहिल्यै जानुहुँदैन ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment