Friday, April 28, 2017

१२ कक्षाका विद्यार्थीलाई प्रश्न– एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस्

काठमाडौं, १६ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ विषयको प्रश्नपत्रमा दलविशेषको प्रश्न बनाएको छ । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, ‘नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’


आजको कान्तिपुरमा खबर छ–यी दुवै प्रश्नमा दलहरुको भूमिका कुन विषयमा लेख्ने भन्ने सन्दर्भ उल्लेख छैन । दलविशेषका बारे प्रश्न आएपछि विद्यार्थीहरु के उत्तर दिने भनेर अलमलिएका थिए ।

प्रा. रवीन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुन सक्ने बताए । ‘पार्टीविशेष्को यस्तो प्रश्न सोध्नु गलत हो,’ उनले भने, ‘यो प्रश्न बनाउने व्यक्ति पार्टी राजनीतिबाट प्रभावित हुनुपर्छ ।’ पार्टीगतभन्दा पनि सैद्धान्तिक प्रश्न हुनुपर्ने उनले बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment