Tuesday, April 18, 2017

आइजीपीमा किर्ते काण्ड मच्चायो चाहिँ कसले ?

काठमाडौं, ६ वैशाख । ‘अदालतले नम्बर जोड्न गल्ती गरेको हो । हामीले बाहिर हल्ला आए जस्तो कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सच्चाएको छैन ।’

यस्तो जानकारी सहकर्मीलाई दिँदै प्रहरी प्रमुख बढुवाको पुनरावलोकन सुन्ने कमिटीका अध्यक्ष तथा लोकसेवा प्रमुख उमेश मैनाल, अस्ति अष्ट्रेलियातर्फ उडेका छन् । अब केही कुरा देखियो भने दुई वटा सत्य एकै ठाउँमा जीवित रहन सक्दैन । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

एउटान एउटाले झुठहरिनै पर्छ । हिसाव जोड्न गल्ती गर्ने सर्वोच्चका पाँच जना न्यायाधीशले नैतिकताको आधारमा माफी माग्ने कि बढुवा समितिका पाँच जनाले आफूले पछि नम्बर तलमाथि गरेको छ/छैन भन्ने आशंकाको निक्र्यौल गर्ने ?

१९ गतेको पेसीपछि एउटा धर्मसंकट सृजना हुँदैछ देशमा । तर सवाल छ गल्ती गर्ने एक पक्षले कमजोरी स्वीकार्न हिम्मत गर्छ कि गर्दैन ? आइजीपी बढुवा प्रकरणमा किर्ते कासमुको फोटाकपी सर्वोच्चमा पेश भएको र त्यसैमा टेकेर न्यायाधीशले फैसला गरेकोमा अब कुनै विवाद रहेन ।

प्रकाश अर्यालको सुपरिवेक्षक तत्कालीन उपत्यका प्रहरी प्रमुख प्रतापसिंह थापा, नवराज सिलवालको मानव स्रोत विभाग वीरेन्द्र बाबु श्रेष्ठ, अदालतमा रहेको कागजातमा प्रतापले दिएको नम्बरको फोन्ट ‘कालीमाटी’ छ । वीरेन्द्रले नवराजलाई दिएको फोन्ट ‘उत्साह’ हो । नक्कली भनिएको ०७२–०७३ को प्रतिवेदनमा पहिलो पेज कालीमाटी नै छ ।

अन्तिमको नम्बर भएको आधा पेजमा चाहिँ अर्कै फोन्ट प्रयोग भएको देखिन्छ । अर्थात एउटै पेजमा दुई थरी अक्षर मिसमास गरिएको पाइएको छ । त्यो फोकपी जुन अदालतमा पेश भएर त्यसैको आधारमा न्यायाधीशले फैसला गरेको थिए ।

त्यसलाई पनि प्रमाणित गरेर छापलगाएर आइतबार सरकारले सर्वोच्चबाट लिएर गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment