Monday, April 17, 2017

अमेरिकाले कोरियाली प्रायदिपमा आपनो गतिबिधि नरोके परमाणु आक्रमण उत्तर कोरियाको चेतावनी

एजेन्सी , अमेरिकाले कोरियाली प्रायदिपमा आपनो गतिबिधि  नरोके  परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ ।  उत्तर कोरियाका एक उच्च अधिकारीका अनुसार मिसाइल र  परमाणु परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ  ।संयुक्त राष्ट्रसंघको  प्रतिबन्धका बावजुद  उत्तर कोरियाले पछिल्लो समय परमाणु तथा मिसाइल परीक्षण कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।

अमेरिकाले  सैन्य गतिविधि गरेमा कुनैपनि समय आफुहरु युद्धको लागि तयार रहेको उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले  बताउनुभएको बिबिसीले जनाएको छ । आफ्नो देशले साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मिसाइल परीक्षणलाई निरन्तरता दिने उनले बताएका छन् । उत्तर कोरियाको रणनीतिक धैर्यता गुमाई सकेको  उपविदेश मन्त्री हान साङ रयोलले बताएका छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment