Sunday, April 30, 2017

राजतन्त्र फर्काउन ओली–लोहनीको खेल, यसरी हुँदैैछ ज्ञानेन्द्रसंग सहकार्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राज ल्याउने खेल खेल्दैछन् भन्ने आरोप प्रमाणित हुँदैछ कि भन्ने भान जनतालाई बल्ल हुँदैछ । हिजो (आइतबार) हुने भनिएको संविधान संशोधन पनि विपक्षी ओलीकै नेतृत्वले हुन दिएन ।

ओली, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा छोडेर नयाँ पार्टी खोलेका प्रकाशचन्द्र लोहनी मिलेर राप्रपाका १० जना सांसदलाई नै आफूतर्फ ताने । संविधान संशोधन प्रस्ताव पारित गराउन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्न डाकिएको राप्रपा संसदीय दलको बैठकमा १० सांसदहरुनै अनुपस्थित भए ।

यससंगै संविधान संशोधनको प्रयास त्यसै हुन सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधनका लागि बहुमत पुर्याउन अन्य दलसंग गरेको छलफल पनि बिचमै रोकियो । संविधान संशाधन असफल गराउन सबैभन्दा ठूलो हात ओलीको छ । उनलाई बाहिरबाट लोहनी र अप्रत्यक्ष रुपमा पूर्वराजा ज्ञानेन्द्रले दिइरहेका छन् । जुन कुराको पूष्टि आज पनि भयो ।

यसको अर्थ ओलीलाई जसरी राजा फर्काउँदैछन् भन्ने आरोप लाग्दै आएको थियो, त्यहीअनुसार उनी पूर्वराजा ज्ञानेन्द्रसंग सहकार्य गरिरहेको प्रमाणित भएको छ । उनीहरुले राजसंस्थाको पक्षधर राप्रपाका साँसदलाई नै संविधान संशोधनको विपक्षमा उभिन लगाएर यसको प्रमाणित गरेका छन् । उनीहरुलाई आर्थिक प्रलोभन देखाइएको छ । प्रस्तावको विपक्षमा जाने भन्दै उपस्थित नहुने राप्रपा सांसदहरुमा रामकुमार सुब्बा, विराज विष्ट, रेशम लामा, रमेशकुमार तामाङ, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ र बविता लावती मोक्तान लगायत रहेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment