Wednesday, April 26, 2017

अमेरिकालाई दवाब दिन उत्तर कोरियाको शक्ति प्रदर्शन

एजेन्सी, १३ वैशाख । उत्तर कोरिया र अमेरिकाले निरन्तर आफ्नो सैन्य शक्ति थप बलियो बनाइरहँदा कतै किम जोङ–उनले आणविक हतियारले आक्रमण गरी तेस्रो विश्वयुद्ध निम्त्याउने त होइनन् भन्ने डर विश्वभर छाएको छ ।

मंगलबार किमले गरेको ठुलो सैनिक प्रदर्शनले पनि अमेरिकालाई थप तनाब दिएको छ । उत्तर कोरियाको चुनौती बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले एउटा शक्तिशाली पनडुब्बी दक्षिण कोरिया समेत पठाएका छन् ।

उत्तर कोरियाले चुनौति दिदै अमेरिकाको हरेक उत्सुकताको जबाफ दिन आफुहरु तयार रहेको बताएको छ । यसलाई आधार मानेर कतिपय विश्लेषकहरुले किमले आणविक हतियार परिक्षण गरिरहेको समेत बताएका छन् ।

अमेरिकाले अनआम्र्ड अन्तर महादेशिय बेलिस्टिक मिसाइल परिक्षण गरेको छ । यसको प्रभाव, तयारी र योग्यताहरु हेरिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसको क्षमता ५५०० किलोमिटर परसम्म हान्न सक्ने रहेको तथा गति १४,५०० एमपिएच रहेको छ । उत्तर कोरिया अमेरिकादेखि ८००० किलोमिटर पर रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment