Sunday, April 16, 2017

‘सगरमाथा फ्रेन्डसिप’ भन्दै नेपाल-चिनको सैन्य अभ्यास सुरु भारतमा धक्का

काठमाडौं, वैशाख ३ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको विशेष फौजको दुई देशको संयुक्त तालिम महाराजगन्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो ।

यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतंकवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध थप मजबुत् हुने विश्वास लिइएको जनाइएको छ ।

तालिमको शुभारम्भ कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृत, नेपालका लागि चिनियाँ सैनिक सहचारी र दुबै देशका संयुक्त सैन्य तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment