Thursday, April 27, 2017

प्रचण्ड सरकार ! पोइल जाने हो कि, कुखुरा पाल्ने हो ?

पोइल जाने हो कि, कुखुरा पाल्ने हो भन्ने निष्कर्षमा चाँडै पुग्नु राम्रो हो । आई मीन लभ म्यारिज गर्ने कि पोल्ट्री हार्भेष्ट गर्ने भन्न खोज्या । कतिपयलाई पोइल शब्द नपचेको बिगतको अनुभवले गुगल सर्च गरेर उपयुक्त र सभ्य शब्द प्रयोग गरेको हुं । जमना लोकतान्त्रिक छ, देश चुनाबमय छ ।


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा मतदान गरेर आफ्ना स्थानीय प्रतिनिधि छान्ने आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्न पाईने /नपाईने अनिश्चितता अझै रहेपनी तपाईं “पोइल”कि “लभम्यारिज” कुन वाक्य प्रयोग गर्ने हो , आफु अनुकुल शब्द छनौट गर्नु सक्नुहुनेछ ।

 छनौट पछि यो उखान किन आयो त भन्ने प्रश्न उठनु स्वभाबिक छ । तर यो उखान यसै आएको होइन । देउसे केटाहरुले, हामी त्यसै आएनौं बली राजाले पठाए भनेजस्तै, उखानको केन्द्रिय पात्रले भरिभराउ जस्तो देखिने बर्तमान सत्ता गठबन्धको निर्णय गर्ने क्षमताले मंचबाटै माईकिङ गरेर आमन्त्रण गरेकाले यो रमाइलो उखान निम्तो मान्न मात्र आएको हो ।

अगाडी बढौं ।

मैले यो उखान पहिलोपटक सुनेको मितिले हिसाब गर्दा पनि उखानकी पात्रले पोइल , आई मीन लभ म्यारिज नै गरेकी भए पनि सन्तान मतदान गर्ने उमेरका भैसकेका होलान । कुखुरा पालन नै गरेकी भए पनि उनले देशभरको मागको शून्य दशमलब समथिङ पूरा हुने गरि कुखुरा उत्पादन गरेकी होलिन भन्छु । तर चुनाब की संशोधन, चुनाब र संशोधन , चुनाबपछि संशोधन , संशोधनपछि चुनाव भन्ने प्रचण्डपथमा हिडेकी गएकी भए, उनको उमेरले पक्कै अर्धसतक ठोक्यो होला । त्यसो हुन गएको भए यो उमेरमा न पोइल न कुखुरो भएर बसेकी हुनुपर्छ । एमालेका कम्रेडहरु ” जवानीमा साथ देउ पृय, बुढेसकालमा त एमाले छदैछ ।” भन्दै खुब स्टाट्स हाक्छ्न ।

अब यी पात्रलाई केही समयपछि कि बृद्धआश्रम कि एमालेको मुख्यालयमा छोडेर आउनुको बिकल्प छैन ।
यी त भए उखानकी पात्रले कुखुरो कि पोइल भन्ने निर्णय चाडैं गर्दा र नगर्दाका संभावित परिणामहरुको काल्पनिक परिदृश्य । एउटा पात्र पोइल जानू र नजानुले अथवा उनले खुकुरा पाल्नु र नपाल्नुले खासै महत्त्व राख्दैन । तर चुनाव हुनु र नहुनु अनि संशोधन हुनु र नहुनुले राष्ट्रिय/ अन्तर्राष्ट्रिय महत्व राख्छ । त्यसैले प्रचण्डले पोइल जाने कि कुखुरा पाल्ने , के गर्ने हो चाडैं निर्णय लिनुपर्यो । तर त्यो भन्दा पहिलो खडा भएका एउटो प्रश्नहरूले उस्तै जवाफ माग गर्छ ।

एउटो प्रश्न के भने , यो चुनाव भनेको के हो ? अझ तपाईंले गर्न लाग्या स्थानीय चुनाव चाहिँ झन के हो ? यो कुसुमे रुमाल हो कि लोकतन्त्रको प्राण हो कम्रेड ? यसो बुझ्दा तपाईंको चुनाव कुसुमे रुमाल जस्तो छ । कसैलाई फकाउन पर्यो भने फुत्त निकाल्यो भुवन केसीले जस्तो मुसुक्क हाँस्यो खुसुक्क दियो । अर्कीलाई फकाउने पर्यो भने त्यही रुमाल छेउबाट च्यातेर उसैगरी दियो । यसरी कसैलाई फकाउनकै लागि चुनावलाई कुसुमे रुमाल बनाउन भएन नि कम्रेड । बरु सत्ता चलाउन सकिन्छ र चुनाव गर्न सकिन्न भने खिलराजहरु खोज्ने र खेताला लाउने नजीर छदैछ । पछि बाली काट्ने तपाईंहरु नै हो । त्यसैले जसरी हुन्छ कि पोइल जानू पर्यो कि कुखुरा पाल्न पर्यो । यो अत्यास लाग्दो पेन्डुलमगिरी सहन गार्‍हो पर्यो ।

–चिमिरयाको फेसबुकवालबाट साभार गरिएको ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment