Tuesday, April 25, 2017

प्रमुख पाँच दलको बैठक बालुवाटारमा

१२ बैशाख, काठमाडौं । संविधान संसोधन र निर्वाचनका विषयमा छलफल गर्न प्रमुख पाँच दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा सत्तारुढ तथा प्रतिपक्षी एमाले पनि सहभागी छ ।

बैठकमा प्रधानमन्त्रीसहित सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा तथा प्रतिपक्षी एमाले र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संविधान संसोधन विधयेक फास्ट ट्रयाकबाट अघि बढाउने तयारीमा रहेको सरकारले एमालेले सदन अवरोध थालेपछि सहमतिको प्रयास थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अचानक फोन गरेर कुराकानी गरेको केहीबेरमै बैठक सुरु भएको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment