Tuesday, April 25, 2017

टेलिकममा फेसबुक प्रतिबन्ध

काठमाडौं, १२ वैशाख । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सन्चालित …gov.np डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जीएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

 मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न सकिने जानकारी दिइन् ।

कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको राराताल क्षेत्रमा थ्रीजी सेवा सन्चालनमा ल्याएको छ ।

उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सन्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

उनले आगामी आवमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment