१. विनोद चौधरी
अनुमानित रकम १ दशमलब २ अर्ब डलर
फोब्र्सको अर्बपतिहरुको सूचीमा परेका एकमात्र नेपाली हुन् ।
जन्मः काठमाडौं, नेपाल
चौधरी ग्रुपका अध्यक्ष
उनले चौधरी ग्रुपलाई एक सामान्य कम्पनीबाट नेपालकै सबैभन्दा ठूलो व्यावसायीक घरानाको रुपमा स्थापित गराए । अहिले उनको कम्पनीविश्वको ५ वटै महादेशमा फैलिएको छ जहाँउनको ६० भन्दा बढि कम्पनीहरु रहेका छन् । उनको सबैभन्दालोकप्रिय ब्रान्ड वाइवाइचाउचाउ रहेको छ । उनको अहिले फाइनान्स, बैकिङ, रियलस्टेट, होटल, इलेक्ट्रोनिक्स, होमएप्लाएन्सेस, शिक्षा, उर्जा लगाएतका क्षेत्रमालगानी रहेको छ ।
२. उपेन्द्र महतो
अनुमानित रकम २५० मिलियन देखि १ अर्ब डलर रसियाका इलेक्ट्रोनिक्स, तेल र रियलस्टेटका व्यवसायी जन्मः सिराहा, नेपाल उनी रसियामा आधारित टेलिभिजन सेट कम्पनी र अन्य धेरै कम्पनीहरुको मालिक हुन् । अहिले उनको सबै कम्पनीमा गरेर १२ हजार जनालाई रोजगारी दिएका छन् ।
३. राजेन्द्र खेतान
अनुमानित रकम १०० देखि ५०० मिलियन काठमाडौंमा आधारित उद्यमी जन्मः नेपाल लक्ष्मी बैंक र प्रिमियर लाईफ इन्स्योरेन्सका अध्यक्ष खेतानको स्वामित्वमा १२ ठूला कम्पनीहरु रहेका छन् । गोर्खा ब्रुअरी, बोटलर्स नेपाल लगाएतका कम्पनी पनि उनको स्वामित्वमा रहेका छन् ।
४. शेष घले
अनुमानित रकम २८० मिलियन डलर गैर आवासिय नेपाली संघका अध्यक्ष जन्मः लमजुङ, नेपाल मेलबर्न इन्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक र सीइओ रहेका शेष घले र उनको श्रीमती जमुना घलेको कुल सम्पत्ति जोड्दा उनीहरु अष्ट्रेलियाको १०६ औं धनीको रुपमा रहेका छन् ।
५. जमुना गुरुङ
अनुमानित कुल रकम २६० मिलियन डलर भन्दा बढी अष्टे«लियामा आठौं धनी महिला जन्मः लमजुङ, नेपाल मेलबर्न इन्टिच्युट टेक्नोलोजीको सह संस्थापक र म्यानेजिङ डाइरेक्टर रहेकी उनी सन् १९९१ मा अध्ययनको लागि अष्ट्रेलिया गएकी थिइन् । जमुना र उनको पति शेष घले दुवैको सम्पत्ति जोड्दा ४३५ मिलियन डलर हुन्छ ।
६. पशुपति शमशेर राणा
अनुमानित रकम करिव २५० मिलियन डलर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता जन्मः काठमाडौं, नेपाल उनी पहिले नेपाल ग्याँस लिमिटेडका मालिक थिए पछि उक्त कम्पनी बेचे । एक अन्तवार्तामा उनले भनेका थिए उनको श्रीमती भारतको प्राचिन ग्वालियर राज्यकी राजकुमारी हुन् र उनले त्यतिबेला साँढे दुई अर्ब रुपैंया बराबरको दाइजो ल्याएकी थिइन् । जसको मुल्य अहिले पच्चिस अर्ब रुपैंया भन्दा धेरै हुन्छ ।
७. जीवा लामिछाने
अनुमानित रकम १००मिलियन डलर भन्दा बढी मस्कोमा बस्ने अर्बपति नेपाली व्यवसायी जन्मः नेपाल लामिछाने टेक्नो ट्रस्ट कम्पनीको प्रवन्ध निर्देशक हुन्, जसले रसियन मार्केटको लागि ‘द एलसन’ ब्रान्डको एलसिडि टिभी उत्पादन गर्ने गर्छ । उनी सन् १९८६ मा इन्जिनियरिङ अध्ययनको लागि रसिया गएका थिए पछि उनी इलेक्ट्रोनिक्स सामानको व्यापारमा लागे ।
८. आदित्य झा
अनुमानित रकम करिव १०० मिलियन डलर उद्यमी, समाजसेवी र सामाजिक अभियन्ता जन्मः जनकपुर, नेपाल सफ्टवेयर कम्पनी ओसेलस आइएनसीका मालिक र कर्म क्यान्डी नामको विश्व प्रसिद्ध क्यान्डी कम्पनीको समेत मालिक रहेकाआदित्य सन् १९९४ मा क्यानडा गएका थिए। उनले बेल क्यानडाको जनरल म्यानेजरको रुपमा काम समेत गरेका थिए । पछि उनले एक इसोपिया आइएनसी नामको सफ्टवेयर कम्पनी स्थापना गरे जसलाई सन् माइक्रो सिस्टम्सले १०० मिलियन डलरमा खरिद गरेको थियो ।
९. बलराम चेनराई
अनुमानित रकम करिब १०० मिलियन डलर इंग्ल्याण्डको पोट्र्समाउथ फुटबल क्लबका पूर्व मालिक जन्मः ओखलढुंगा, नेपाल राई हङकङको सबैभन्दा धनीको १०० जनाको सूचीमा समेत पर्छन् । उनको कम्पनी उत्पादन र ट्रेडिङमा संलग्न छ जसले इलेक्ट्रोनिक सामानहरु, होम एप्लाएन्स, खेलौनाहरु र कम्प्युटर जन्य एसेसोरिजहरुको व्यापार गर्ने गर्छ ।
१०. अजेय सुमार्गी
अनुमानित रकम २० देखि ५० मिलियन डलर अहिले एनसेलको रुपमा रहेको स्पाइस नेपाल. प्रालिका एक संस्थापक सदस्य जन्मः मकवानपुर, हेटौंडा, नेपाल मुक्ति श्री नेपाल कम्पनीका अध्यक्ष सुमार्गीकोे कम्पनीले विभिन्न दर्जनौं व्यवसाय र कम्पनीहरुमा लगानी गरेको छ । उनको केही चर्चित व्यवसायहरुमा मुक्ति श्री टेलिकम, मुक्ति श्री हाइड्रो, हिमालयज स्प्रिङ वाटर, हेटौंडा एकेडेमी र नेशनल कलेज फर हायर स्टडिज लगाएत पर्छन् ।
भिडियो हेर्नुहोस:
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment