Saturday, April 29, 2017

बढ्ने भयो वृद्धभत्ता, अब भत्ता ५ हजार !

वृद्धावृद्धा सबैको भोट सूर्यमा तान्ने एमालेको रणनीति, वृद्धभत्ता पाँच हजार

काठमाण्डु, १६ वैशाख– एमालेले चुनावी घोषणापत्रमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताए ।

०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरूको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजारसम्म पुर्याउने उल्लेख छ । प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना घोषणापत्रमा छ । आइतबार औपचारिक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने सचिव योगेश भट्टराईले बताए ।
उपाध्यक्ष वामदेव गौतम नेतृत्वको १५ सदस्यीय समितिले घोषणापत्रको मस्यौदा तयार गरेको थियो । शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको हो । पारित घोषणापत्रको भाषा सम्पादनको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

यस्तो छ, मूल नारा
एमालेले ‘संघीयता, समृद्धि र समाजवादको आधारः नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार’ भन्ने चुनावी मूल नारा बनाएको छ । समाजवादकेन्द्रित अर्थतन्त्रको विकासमा जोड दिइएको घोषणापत्रमा लोकप्रिय नारा र कार्यक्रमहरू समेटिएको नेताहरूले बताएका छन् ।

एक घरः एक रोजगार कार्यक्रम
केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ५५ बुँदे घोषणापत्रमा विभिन्न क्षेत्र र विषयहरू समेटिएका छन् । नयाँ युगको नयाँ निर्वाचन, नेकपा एमाले नेपाली जनताको सच्चा प्रतिनिधि, नेपाली जनताको सपनाः समृद्ध समाजवादको स्थापना, राष्ट्रिय अर्थतन्त्रमा तीव्र वृद्धिः विद्युत् ऊर्जामा आर्थिक समृद्धिलगायतका बुँदामा केन्द्रित रहेर योजना र कार्यक्रमको व्याख्या गरिएको छ । त्यस्तै, एक घरः एक रोजगार, १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारीजस्ता महत्वाकांक्षी प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएका छन् ।

५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आय
नेपालको प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना एमालेले घोषणापत्रमा छ । १५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने, दश वर्षमा एसियाली मापदण्डको विकासको स्तरमा मुलुकलाई पुर्याउने, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।
नयाँ पत्रिकाबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment