Sunday, April 23, 2017

मुस्ताङ बस दुर्घटनाका घाइतेको उपचार नगर्ने चिकित्सकलाई स्थानीयले ‘पाता’ कसे

मुस्ताङमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई उपचार नगरी फर्काएको भन्दै आन्दोलनरत चिकित्सकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

चिकित्सकको आन्दोलनका कारण कागबेनीमा भएको बस दुर्घटनाका घाइते मणिपाल शिक्षण अस्पतालबाट उपचार नपाई अन्यत्रै जानु परेको थियो । गम्भीर अवस्थाका दुर्घटनाका घाइतेलाई उपचार नगरी फर्काइको भन्दै स्थानीय फूलबारी क्लबले अस्पतालका डाक्टरलाई नियन्त्रणमा लिएको हो ।

शनिबार साझँ अस्पतालको गेट तालाबन्दी गरेको क्लबले आइतबार बिहान आन्दोलनरत डाक्टरलाई नियन्त्रणमा लिएका हुन् । अहिले अस्पताल, आन्दोलनरत चिकित्सक, मानवअधिकारकर्मी र स्थानीय फूलबारी क्लबकाबीच वार्ता चलिरहेको छ ।

शनिबार नेपाली सेनाको हलिकप्टरमार्फत मनिपालमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकको आन्दोलनले घाइतेले मनिपालमा भर्ना नपाएपछि स्थानीय आक्रोशित भएका थिए भने मनिपाललको कडा आलोचना भइरहेको छ । अहिले प्रहरीले शुरक्षा दिएको छ । घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो ।

मनिपाल पुर्याइएकामध्ये फिस्टेल हस्पिटलमा ९, गण्डकी मेडिकल कलेजमा जिएमसी ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जनालाई पठाइएको थियो । अन्यत्र उपचार हुन नसकेका बिरामीलाई मनिपाल रिफर गर्ने गरेकोमा अहिले आन्दोलनका कारण मनिपालबाटै बिरामी फिर्ता हुनु परेको छ । २ सय ४० दिनभन्दा बढी काम गरेका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समय सापेक्ष तलब बढाउनुपर्ने र सार्वजनिक बिदाको दिनका काम गरेवापत सट्टा बिदा पाउनुपर्ने माग राख्दै चिकित्सकले काम रोकेका हुन् । मुस्ताङको कागबेनीमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३० यात्रु घाइते छन् ।

दिउँसो साढे १२ तिर मुस्ताङको बाह्रगाँउ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनीमा बस दुर्घटनमा परेको हो । जोमसोम मुक्तिनाथ सडकखण्डमा मुक्तिनाथबाट जोमसोम तर्फ आउँदै गरेको ना ५ ख ६०६७ नम्बरकोको बस दुर्घटना भएको हो । ३ जनाको घटनास्थल र उपचारका क्रममा २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी नगरपालिका २ ईमाडोलका ५५ वर्षीय लीला खडका, सोही नगरपालिका ८ की सीता तिमिल्सिना, काठमाण्डु महानगरपालिका– ३५ का ५५ वर्षीय भोला अधिकारी, सोही महानगरपालिका ३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल र काडमाण्डु– ३ की ७० वर्षीय कान्ती खड्का छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment