Sunday, April 23, 2017

सुत्न नजान्दा मान्छेको ज्यानसमेत जान्छ: कुन सुत्ने तरिका स्वास्थ्यको लागि राम्रो हुन्छ,जानी राखौँ

सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् ।

उत्तानो सुत्नेः

यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर पेटमाथि सिधा ठाडो हुँदा एसिडको मात्रा घटाउँछ । यसले चाउरीपनलाई न्यून गर्छ । बेस्स्री घुर्नु यो सुताईको नकारात्मक पक्ष हो । तसर्थ घुराईलाई कम गर्न उचित सिरानीको प्रयोग गर्नुपर्छ ।

दायाँतिर फर्केर सुत्नुः यो पोजिसन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस पोजिसनले अनुहार र स्तनमा नकरात्मक असर गर्छ । महिलाको स्तन समेत लत्रन्छ । अनुहारको छाला रगडिन्छ । तसर्थ यस पोजिसनमा सुत्दा शिरानीको उचित तालमेल गर्नुपर्छ ।

भ्रुण जस्तै अवस्था :

गर्भवती महिलाको गर्भको बच्चा जस्तो पोजिसनमा सुत्ने अवस्थालाई भ्रुण जस्तो सुताई भनिन्छ । ढाडलाई धेरै बंगाएर सुतिने यो पोजिसन स्वास्थ्यका लागि खराब मानिन्छ । यो पोजिसनले जोर्नीसम्बन्धी समस्या ल्याउँछ किनकी रातभर हाम्रो घुँडा प्राकृतिक पोजिसनमा हुँदैन । यो सुताईले घाँटी र स्पाइनमा असर गर्छ । यो पोजिसनले पनि अनुहारमा च्याउरी पार्छ । गर्भवती अवस्थामा मात्र यो उपयोगी हुन्छ ।

घोप्टो परेर नसुत्नुहोस्ः

यो सुताइले स्पाइननलाई प्रत्यक्ष असर गर्छ । यो पोजिसनले जोर्नी र मांशपेशीमा अशर गर्छ जसले नशामा समस्या आउने, शरिरमा पीडा हुने, आलस्य बढ्ने आदि हुन्छ । पेटलाई थिचेर सुत्दा टाउको समेत दुख्छ ।

देब्रो ढल्केर सुत्नेः

यो पोजिसनले शिरलाई प्राकृतिक अवस्थामा राख्छ । घुर्नेका लागि पनि यो पोजिसनले खासै असर गर्दैन । यो पोजिसनमा सुत्दा शरिरमा एसिडको प्रवाह न्यून हुन्छ । गर्भवती हुँदा यो पोजिसनमा सुत्दा धेरै फाइदा हुन्छ । एकातर्फ कोल्टे परेर सुत्ने मानिस जहिले पनि देब्रे फर्केर सुत्नुपर्छ । यो पोजिसनमा सुत्दा पाचन प्रणालीलाई सहयोग गर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment