Thursday, May 4, 2017

यी हुन मेयरका टिकट पाउने भाग्यमानीः कोही मन्त्रीका दाई,कोही मन्त्रीका बहिनीज्वाई

बीस वर्ष पछाडि हुन लागेका निर्वाचनमा कोही मन्त्रीका दाईले टिकट पाएका छन भने कोही मन्त्रीका बहिनी ज्वाईले टिकट हात पारेका छन । यस्तै नातावादको चंगुलमा फसेको छ माओवादी केन्द्र पनि । प्रधानमन्त्री प्रचण्डले आफ्नो पुत्री मोह यतिसम्म राखेका छन छोरी रेणु दाहाललाई चुनाव जिताउनकै लागि काठामाडौंमा कांग्रेससँग तालमेल गरी कांग्रेसलाई मेयर बनाउने र भरतपुर महानगरपालिकामा मेयरको टिकट पाएकी रेणु दाहाललाई विजयी गराउन माओवादी नेतृत्वले कांग्रेससँग चुनावी तालेमल गर्न तयारी गरिरहेको छ । यो मात्र होइन कांग्रेसमा त्यस्तै गाइजात्रा देख्न पाइन्छ । अधिकांश टिकट पाएकाहरु नेताका आसेपासेहरु छन । तीनले नेतासँग निकट भएकै आधारमा टिकट पाएका छन ।


काठमाडौं महानगरपालिकामा मेयरका आकाक्षी थिए कांग्रेस नेता तीर्थराम डंगोल । तर डंगोलजस्ता सच्चा कांग्रेसले टिकट पाएनन् किनकी उनी कुनै नेताका परेनन् । पूर्व उपमेयर समेत भएर काम गरिसकेका डंगोलले टिकट नपाए पनि कांग्रेसका राजुराज जोशीको पोल्टामा टिकट पर्र्यो । कारण जोशी हालका उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन्। त्यसमाथि जोशी प्रकाशमान सिंहका खास मान्छे हुन । उता,पोखराबाट मेयरको टिकट पाएका रामजी कुँवर कांग्रेसका नेता अर्जुननरसिंह केसीका बहिनीज्वाइँ हुन्। उनी गगन थापाका पनि आफन्त हुन । यस्तै तनहुँको व्यास नगरपालिकामा उपमेयरमा उम्मेदवार दिएकी मीरा जोशी कांग्रेस सांसद धु्रव वाग्लेकी दिदी हुन्। दिदीलाई टिकट दिलाउन धु्रवले सुरुदेखि नै पहल गरेका थिए।

मेलम्ची नगरपालिकामा राप्रपाबाट उपमेयरको टिकट पाएकी कुमारी तामाङ राप्रपाका नेता तथा पूर्वसांसद चलनबहादुर तामाङकी छोरी हुन्।अधिकांश टिकट वास्तविक कार्यकर्ता भन्दा यस्तै नेताका आसेपासे र आफन्तको पोल्टामा परेको छ ।
राजमी कुँवर

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment