Monday, May 15, 2017

एउटा मतपत्र पट्याउन नजान्दा एमाले अध्यक्ष केपी ओलीकै भोट बदर ! मतपत्र पट्याउन नजान्नेले देश बनाउँछ भनेर कसरी पत्याउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले मत खसाल्दा देखिएको मतपत्रको अवस्था हेर्दा भने उनलाई मतदाता शिक्षाको कमी रहेको जस्तो देखिन्छ ।

त्यसैपनि अन्य मतदाताहरुले अहिलेको मतपत्र जटिल भएको भनेर गुनासो गरेका छन् । धेरैजसो सर्वसाधारण मतदाताले भोगेको समस्या एमाले अध्यक्ष ओलीले पनि भोगेको उनले मतपेटीकामा मतपत्र खसाल्दा खिचिएको फोटो हेर्दा देखिन्छ ।

तस्वीरमा राम्रोसँग हेर्नुभयो भने ओलीले मतपत्र पट्याउन नजानेको प्रस्टै देख्न सकिन्छ । निर्वाचन आयोगले दिएको शिक्षाअनुसार आफूलाई मनपरेको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि मसी नलतपतिने गरी मतपत्र पट्याउनु पर्छ । त्यो बेला मतपत्रमा भएका चुनाव चिह्नहरु मतपत्रको भित्रि भागमा पर्नुपर्छ । आयोगले भनेअनुसार चुनाव चिह्न भित्र पर्ने गरी (सुल्टो तरिकाले) मतपत्र पट्याउनुपर्ने हो ।

तर, एमाले अध्यक्ष ओलीले पट्याएर मतपेटीका खसाल्न लागेको मतपत्रमा भने बाहिरै चुनाव चिह्न देखिन्छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार ओलीले जस्तो गरी मतपत्र पट्याउनु मतदाता शिक्षाको कमी हुनु हो ।

केपी शर्मा ओलीको मतदाता नं ५३८०९२० हो । झापामा रहेको उनको मतदाता नामावलीबाट केही समय अगाडी भक्तपुरमा सारेका थिए । मतगणनाको क्रममा गणना गर्दा उक्त  मतपत्रमा मसि लतपतिएको कारणले गर्दा मतपत्र बदर भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । मतपत्रमा मसी लतपत भयो वा स्वस्तिक चिन्ह दुर्इवटा चिन्हको बिचमा परेको खण्डमा मतपत्र बदर हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment