हालै मात्र सोल सदेमुनस्थित प्रहरी कार्यालयले प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई बोलाएर कोरिया सरकारको सम्बन्धित निकायसंग स्वीकृति नलिई नेपाली समुदायले साँस्कृतिक कार्यक्रम, चिठ्ठा कार्यक्रम, चन्दा संकलन र राजनीतिक तथा धार्मिक गतिबिधि गरे अन्तरार्ष्ट्रिय ऐनका आधारमा कडा कार्वाही गरिने अवगत गराएका छन् ।
गैरकानुनी रुपमा बिभिन्न गतिविधि गरेको उजुर पर्योभने आयोजकलाई कम्तिमा ३ बर्ष जेल सजाय र कम्तिमा २ करोड वन (करिब २० लाख रुपैयाँ) जरिवाना हुने कोरियाको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ऐनमा रहेको छ ।
स्वीकृति नलिई कार्यक्रम गर्ने, स्थान उपलब्ध गराउने, टिकट बिक्रि बितरण गर्ने, पोस्टर सौजन्य गर्नेलाई समेत कडा कार्वाही हुने कोरियन प्रहरीको भनाई रहेको अध्यक्ष राईले जानकारी गराएका छन् । उनका अनुसार आर्थिक करोबार गरिएको रकम जफत गर्ने र स्पोन्सर दिने कोरियन नागरिकलाई समेत कार्वाही गरिनेछ ।
कोरियामा ४० हजार नेपाली रहेको अनुमान गरिएको छ । यी मध्ये ईपिएसबाट रोजगारी गर्न गएका कामदार धेरै छन् । उनीहरु मध्ये अधिकांश जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक दलसंग आबद्ध रहेका छन् । कोरियामा बिभिन्न उदेश्य लिएर खोलिएका १ सय ५० जति संघसंस्था क्रियाशील छन् । राष्ट्रियस्तरका हरेका राजनीतिक दलले मुख्य शहरहरुलाई आधार मानेर संगठन बिस्तार गरेका छन् ।
नेपाली कामदारहरुको गतिविधि सरकारले सुक्ष्म रुपमा अध्ययन गरिरहेको कोरियाली अध्यागमन बिभागमा कार्यरत एक नेपाली कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार केरियामा नेपाली समुदायले धेरै गतिविधि अनुमति नलिई गर्ने गरेका छन् । उनीहरुको सबै गतिविधि कोरियन कानुनका हिसाबले अवैधानिक छन् । सोलको एक राजनीतिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्ने नेपालीहरु प्रहरीको निगरानीमा रहेको बताइएको छ । राजनीतिक गतिविधिमा संलग्न भएकै आधारमा केहि महिना अघि एक जना बिद्यार्थीका आफन्तलाई प्रहरीले पक्राउ गरि नेपाल पठाएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment