नेकपा एमालेले दोलखामा भएको कार्यकर्ता हत्याको घटनामा संलग्न सबैलाई गिरफ्तार गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
एमाले प्रचार बिभागले बुधबार काठमाडौमा गरेको पत्रकार सम्मेलनमा एमाले सचिव प्रदिप ज्ञवालीले एमाले नेतृत्वको ९ दलिय गठबन्धनले प्रधानमन्त्रीसमक्ष २४ घण्टाभित्र दोलखाका घटनाका दोषीलाई गिरफ्तार गर्न अल्टिमेटम दिएको बताए ।
निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्छ भन्ने अभियानका लागेको एमालेको कार्यकतामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै उनले एमालेको धैर्यलाई कमजोरी नठान्न चेतावनी दिए । उनले सरकारको नेतत्व गर्ने पार्टी राज्य संरक्षित गुण्डागर्दीमा उत्रदाँ यसले भयावह अवस्था आउन सक्नेतर्फ सचेत समेत गरे ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment