Wednesday, May 3, 2017

गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत

अध्ययनमा बाधा नपुगोस् भन्नका लागि अभिभावकहरुले आफ्ना बच्चालाई होस्टलमा राखेर पढाउने गरेका छन् ।

 पहिला पहिला केटाहरु पढ्न बाहिर जाने प्रचलन बढेको थियो तर आजकाल केटीहरु पनि पढ्नका लागि बाहिर जाने गरेका छन् । केटीहरु पढ्न बाहिर बस्दा प्रायस् गर्ल्स होस्टलमा नै बस्छन् । होस्टलमा साथी होस् वा नहोस् उनीहरु धूम नै मच्चाउँछन् ।

आज हामी तपाईलाई केटीहरु होस्टलमा के कस्ता गतिविधिहरु गर्छन्, त्यसबारेमा जानकारी गराउँछौं ।


तपाई यो पढेर अचम्ममा पर्न सक्नुहुनेछ कि गाउँ वा शहरका सामान्य केटीहरु पनि यस्ता काम गर्छन् ।

होस्टेलमा एउटा केटी अर्की केटीको साथ हत्तपत्त छोड्दैनन् । उनीहरु हरपल आफुसँगै बस्ने साथीको समर्थन गर्छन् र यताउता बस्नेहरुसँग झगडा गर्छन् ।

उनीहरुलाई गीत गाउन आएपनि नआएपनि बाथरुम छिरेपछि गीत गाउँछन् । उनीहरु यो सोच्दैनन् कि गीतले कसैलाई पनि प्रभाव पारेको छैन ।

होस्टलमा केटीहरु प्राय समूहमा बस्न रुचाउँछन् र कुराकानी गरेर समय बिताउँछन् नुहाएपछि प्राय केटीहरु कपाल सुकाउने बहानामा करीब पन्ध्र मिनेट जति बरन्डामा उभिन्छन् र यताउता नियाल्छन् किनकी त्यस बखत कोही उनीहरुलाई हेरोस् ।धेरैजसो केटीहरु कौशीमा आएर विभिन्न पोजमा सेल्फी लिने गर्छन् ।

 यसो गर्दा उनीहरुले स्वतन्त्र र आनन्द महशुस गर्छन् ।केटीहरु नयाँ नयाँ गीतहरु बजाएर सामूहिक डान्स गर्न पनि पछि हट्दैनन् ।केटीहरुलाई आफु जहाँ भएपनि आफ्नो फिगरको चिन्ता गर्छन् । त्यसका लागि होस्टलमा नै शारीरिक व्यायाम गर्छन् र केही त जिम क्लव नै धाउँछन् ।

होस्टलमा पाकेको खाना उनीहरुलाई मन पर्दैन । किनकी त्यहाँको खानामा कहिले नुन कम त कहिले दालमा पानी बढी हुन्छ ।धेरै केटीहरु आफ्नो कोठालाई यसरी सजाउँछन् कि त्यो उनीहरुको घर हो ।

उनीहरु आफ्नो कोठा अरुको भन्दा फरक होस् भन्ने चाहन्छन् ।उनीहरु होस्टलमा यस्तो खेल खेल्छन् कि जहाँ केटा र सुन्दरतासँग जोडिएका प्रसंगहरुले विशेष प्राथमिकता पाउँछ । धेरै केटीहरु होस्टलको कुनाकुनामा बसेर फोनमा झुण्डिएको देख्न सकिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment