सानै उमेरमा विवाह
आमा बन्नु आफैंमा नारी यौनिकताको एउटा उत्कृष्ट अभिव्यक्ति हो । त्यसैगरी कसैको पिता हुनु पनि उसको यौनिकताको उत्कृष्ट अभिव्यक्ति हो । यथार्थ के हो भने यौनको परिणतिका रूपमा शिशुको जन्म हुन्छ । यो वंश परम्पराका लागि आवश्यक अनि प्रकृति निर्देशित कुरा हो । यो एउटा सृष्टि हो । त्यसैले कुनै पनि समाजमा सन्तानको जन्मलाई विशेष महत्व दिइन्छ ।
तपाईंले आफ्नो अनि श्रीमान्को पारिवारिक पृष्ठभूमिका बारेमा कुनै जानकारी दिनुभएको छैन । सानै उमेरमा सन्तान जन्माउनु आमा र शिशुको स्वास्थ्यका दृष्टिले खासै राम्रो मानिँदैन । अझ एकल परिवारमा भएको स्थिति दैनिक जीवनका आवश्यकता एवं वृत्तिविकासका कुरा पूरा गर्न नै गाह्रो हुन्छ । आफू पर्याप्त रूपमा परिपक्व नभैसकेकाले अभिभावकत्वको भूमिका पनि राम्रोसँग निर्वाह गर्न सकिँदैन ।
सुत्केरी समयमा यौनसम्पर्क
धेरै दम्पतीको मनमा प्रश्न उब्जन्छ, शिशु जन्मिएपछि कहिलेदेखि पुन: यौनसम्पर्क सुरु गर्नु उपयुक्त हुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला । सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि । कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन् । कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझ बढी समय पर्खनु उचित भएको बताएको पाइन्छ।
विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्वपूर्ण कुरा हो । शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै श्रीमतीले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय महिलामा हुन सक्छ र यो निकै असजिलो परिस्थिति हो । त्यसैले आफ्ना मनमा भएको दु:ख अनि अप्ठयाराहरूलाई पतिपत्नीले एक–अर्कासामु खुलस्त व्यक्त गर्नुपर्छ र कुराकानीकै माध्यमबाट समाधान खोज्नुपर्छ । यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा यसका लागि दुवैले केही समय निकाल्नुपर्छ । कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन् । तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन । आशा गर्छु, तपाईंको यौनसम्पर्क तपाईंको इच्छामै भएको थियो ।
सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन् । योनि सुख्खा भएको अनुभव छ भने, K-Y jelly वा अन्य कुनै चिल्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ । केगेल कसरत पनि एकदमै लाभदायक हुन्छ । यसले योनि तथा भग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन सहयोग गर्छ । यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौनसम्पर्कमा संलग्न हुनुपर्छ भन्ने छैन । कोमल तरिकाले विस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ । त्यस क्रममा स्पर्श, अंकमाल अति यौनाङ्गको हल्का स्पर्श अनि सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सकिन्छ । असजिलो भए सम्पर्क बन्द गर्ने, बेस्सरी थाकेका बेला यौनसम्पर्क गर्नबाट जोगिनुपर्छ ।
थकान यौन क्रियाकलापमा संलग्न हुन बाधक हुन्छ । राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ । थाक्नुभन्दा पहिले नै शिशु सुतेको समय निकाल्नु सहयोगी हुन्छ । शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्दा थकान हटाउन मद्दत पुग्छ । हल्का र थोरै तर पटक–पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ । शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गरे सहयोग पुग्छ । पोषणमा विशेष ध्यान पुर्याउनुपर्छ ।
सेतो पानी बगेको निको पार्न के गर्ने ?
स्वभाविक रूपमा योनि ओसिलो नै हुन्छ । योनिबाट सेतो पानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ तर त्यसको अर्थ सधैं नै रोग लागेको भन्ने हुँदैन । योनिश्राव हाम्रो सामान्य शारीरिक क्रियासँगै स्वभाविक रूपमा हुन्छ । यस्तो स्वभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला बढी देखिन्छ । पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको एक हप्तापछि सुरु भएर डिम्ब निष्कासनको बेलासम्म हुन्छ । यौन उत्तेजनाका बेला यसरी योनिश्राव हुनुको कारण यौनसम्पर्कलाई सजिलो बनाउनुका साथै शुक्रकीटका लागि अनुकूल स्थिति सिर्जना गर्नु पनि हो । स्वभाविक किसिमको योनिश्रावका लागि कुनै किसिमको उपचारको आवश्यकता पर्दैन ।
त्यसबाहेक प्रजनन अङ्गका संक्रमणहरू, जसमा यौनरोग पनि पर्छ, अस्वभाविक योनिश्राव हुने प्रमुख कारण हुन् । सामान्य रूपमा योनिवाट आउने श्रावभन्दा धेरै बढी मात्रामा आउने, गन्हाउने किसिमको वा मैलो किसिमको योनिश्राव हुन थाले त्यसलाई अस्वाभाविक योनिश्रावका रूपमा बुझ्नुपर्छ । गन्हाउने र छिनछिनमा पानी आउनेदेखि अन्य कुरा पनि हुने भए तपाईंले त्यसका सम्बन्धमा पर्याप्त जानकारी दिनुभए समस्या पहिचान गर्न सजिलो हुने थियो । यौन अंगको सरसफाइको कमी तथा कमजोर स्वास्थ्यले पनि प्रजनन अङ्गको संक्रमण वृद्धि गर्छ । दिनहुँ पेन्टी तथा भित्री पहिरन फेर्नुपर्छ । यस्ता भित्री पहिरन सुतीको हुनु आवश्यक छ ।
यौनसम्पर्कका कारण यौन रोग हुने भएकाले हामी यौनसम्पर्कका कारणले भन्न सक्छौं । यौन संक्रमण कि प्रजनन अङ्गको संक्रमण वा अन्य केही समस्या, त्यसको पहिचान गर्न स्त्रीरोग विशेषज्ञको सल्लाहमा योनिश्रावको परीक्षणका साथै अन्य परीक्षण पनि गराउनु बेस हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment