Monday, May 8, 2017

धन्न ६० लाखका परिवार विदेशले पालेको छ, गणतन्त्र भनेको जनता लडाएर नेता मोटाउने तन्त्र रहेछ !

लेखक: मिन बहादुर पण्डित
यसो सोच्दा त हामि सबै नेपाली भाग्यले नै बाचेका रहेछौ , एदी विदेशमा रोजगारी नपाइएको भए त ६० लाख नेपाली र तिनका परिबारलाइ नेपालका नेता र नेपाल सरखारले भोकै मार्ने गरि देश अस्त बेस्त पारेको छ । हुन त् विदेश जाने जति सबै नेपाली भाग्यले बाच्न कंहा पाएका छन् र ?

अरब र मलेसियामा धेरै नेपालीहरु दुर्घटनामा परेर मरीनै रहेका छन् । दिनमा ३ वटाका दरले नेपाल लास आउने गरेको सबैलाई थाहा नै छ एदी रेमिट्यान्स र बैदेशिक सहयोग न आउने हो भने के गर्थे होलान भ्रस्ट नेताहरु ? के गर्थ्यो होला लाचार सरखार ? माओवाद, माक्सबाद, समाजबाद र बहुदलिय जनवादको खोक्रो नारा बोकेर जनतालाई कहिले सम्म उल्लु बनाउने ?


बिकास गर्नलाइ आखिर के ले रोकेको छ ? बिकास गर्न नसक्ने हो भने बिदेशी बाद बोक्नुको केहि अर्थ छ र ? बिदेशी बाद बोकेर जनतालाई उल्लु बनाएर कहिले सम्म राजनीतिक गर्ने ? नियम कानुन र सिस्टममा देश कहिले चल्छ ? अब पनि यी पुराना नेताहरु बाट देश बन्नला भनेर आश गर्न सकिन्छ र ? जहिले पनि हामीले देशमा गणत्रन्त्र ल्यायौ भनेर खोक्यो बास । गणत्रन्त्र भात हो, गणत्रन्त्र तरकारी हो ? गणत्रन्त्र रोजगारी हो ? त्यशैले जब सम्म गणत्रन्त्रले देश जनतालाइ धनि बनाउन सक्दैन तब सम्म गणत्रन्त्रको कुनै महत्व हुदैन ।

जनता लडाएर नेता मात्र धनि बनाउने तन्त्र गणतन्त्र होइन, लडत्रन्त्र हो, लुटत्रन्त्र हो अनि छाडात्रन्त्र हो । १७ हजार नेपालीले यहि त्रन्त्र ल्याउन बलिदान दिएका थिए ? नेपाल आमालाई रुवाउनेहरुलाई सहिदको रगतले पोल्छ, सहिदको आत्माले सराप्छ, बिचार गर्नुहोला नेता ज्युहरु !

मेरो भनाइको तात्पर्य नेताहरु संबेदनसिल र इमान्दार भएर देश र जनताका लागि काम गरुन भन्ने हो । बिगतको गल्ती बाट पाठ सिकुन भन्ने हो । जनताका भाबनाहरु बुझुन भन्ने हो । संसारका अरु धनि देस देखेर केहि गर्न पर्ने रहेछ भनेर सोचुन भन्ने हो । केहि गर्दा पनि जनताको पिर मर्का बुझ्दैनन् भने त् के नै गर्न सकिन्छ र भाग्यले सत्तामा पुगेकाहरुलाई ?

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment